Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्ज– १८ मा कांग्रेसको वडाको भवन निर्माणको शिलान्यास

डेक्स

डेक्स

नेपालगञ्ज– १८ मा कांग्रेसको वडाको भवन निर्माणको शिलान्यास
ADVERTISEMENT

नेपालगञ्ज । नेपाली कांग्रेस, बाँके अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा पार्टीको वडा कार्यालय निर्माण हुने भएको छ । निर्माणाधिन वडा कार्यालयको नाम ‘सुशील कोइराला स्मृति भवन’ राखिएको छ । उक्त भवनको आज एक कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले शिलान्यास गर्नुभयो ।

पार्टीका वडा उपसभापति राजाराम सुवेदीका अनुसार, बाँकेको कूल ८१ वडा मध्ये नेपालगञ्जको वडा नं. १८ मा पार्टीको वडा कार्यालय निर्माण हुन् लागेको यो नै पहिलो हो । वडा कार्यालय निर्माणका लागि सोही वडाका रामकुमार वर्माले करिब ३० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिनुभएको छ । 

वडा कार्यालय भवन निर्माणका लागि करिब रु २५ लाख लागत लागत स्टिमेट गरिएको छ । ‘रु तीन लाख ५० हजार रकम विभिन्न स्रोतवाट संकलन भइरहेको छ । बाँकी रकम हामी वडा सभापतिदेखि क्रियाशिल सदस्य र नेपाली कांग्रेस आवद्ध व्यापारिहरुवाट संकलन गरिनेछ’—वडा उपसभापति सुवेदीले भन्नुभयो । 

निर्माणाधिन वडा कार्यालय भवन एकतल्लाको हुनेछ । जसमा वडा सभापति र कार्यालय सचिवको एक÷एका कोठाका अलावा बैठक कक्ष र शौचालय र कप्पाउण्वाल निर्माण गरिनेछ । वडा कार्यलय भवन शिलान्यास समारोहमा प्रमुख अतिथि केन्द्रीय सदस्य बाल्मिकीले विकास, संगठन र एकता नेपाली कांग्रेसको मूलमन्त्र बन्नुपर्नेमा जोड दिनुभयो । 

पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुृनले प्रजातन्त्रका विरोधीहरुले जति नै हल्ला गरेपनि लोकतान्त्रिक गणतन्त्रलाई अब कसैले हल्लाउन नसक्ने प्रष्ट पार्दै नेपाली जनताहरु ऋब उल्टो वाटो फर्कन सक्दैनन् भन्नुभयो । 

पार्टीका जिल्ला सभापति नारायण प्रसाद गौडेलले नेपाली कांग्रेसको संरचनागत विकास, सांगठानिक विकास र घरदैलोमा जनताको सेवामा बाँके पार्टी पक्ति अहोरात्र खटिरहेको बताउदै, यो सबै भूमिकामा पार्टीका कार्यकर्ताहरुको योगदान मननयोग्य रहदैआएको छ भन्नुभयो । 

पार्टी वडा सचिव धिरेन्द्रबहादुर खड्काले संचालन गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, प्रदेश सांसद बादशाह कुर्मी, नेपालगञ्जका मेयर प्रशान्त विष्ट र महासमिति सदस्य राजकुमार वर्माले बोल्नुभएको थियो भने कार्यक्रममा पार्टीका जिल्ला सचिव सुधांशु कोइराला, पूर्व सांसद याकुबअलि अन्सारीलगायतको उपस्थिति रहेको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …