Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

‘पार्टीमा अब गफ होइन, काम गर्ने कार्यकर्ताको मूल्यांकन हुन्छ’ मन्त्री पौडेल

डेक्स

डेक्स

‘पार्टीमा अब गफ होइन, काम गर्ने कार्यकर्ताको मूल्यांकन हुन्छ’ मन्त्री पौडेल
ADVERTISEMENT

नेपालगञ्ज, ९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई खारेज हैन, थप प्रभावकारी तथा व्यवस्थित बनाउदै लगिने बताउनुभएको छ । 

शनिबार नेपालगञ्जमामा भएको कांग्रेस कार्यकर्ता भेटघाटमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले आमनेपाली जनताको स्वास्थ्य अवस्था माथि उठाउदै उनीहरुलाई उपचार सेवामा बढीभन्दा बढी सहयोग गर्ने उद्देश्यले बिमा कार्यक्रमलाई घरदैलोसम्म पुर्याउने सरकारको योजना रहेको छ भन्नुभयो । 

बाँके कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेलामा युवा नेता पौडेलले निजि अस्पताललाई मालिकको तजबिजले चलाउने र श्रम शोषण गर्ने प्रवृति सरकारलाई सह् नहुने प्रष्ट पार्नुभयो । ‘हामी अस्पतालको बेथिति हटाउन निर्मम भएर अघि बढेका छौ’—मन्त्री पौडेलले भननुभयो । 

कार्यकर्ताहरुको प्रश्नको जवाफमा युवा नेता मन्त्री पौडेलले पूर्व विशिष्टलाई दिने भनिएको थप सेवा सुविधा लागु नहुने बताउदै बरु संघीय र प्रदेश सांसदको सीट संख्या कटौति गर्नुपर्ने खाँचे रहेको छ भन्नुभयो । अध्यक्षताको आसनवाट नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीमा कामको आधारवाट कार्यकर्ताको मूल्यांकन हुने बताउनुभयो । 

उहाँले भन्नुभयो—‘पार्टी संष्ठनमा अब गफ हैन, काम गरेर देखाउनुपर्छ । काम गर्नेको मूल्यांकन हुन्छ, गफ गर्नेहरु पाखा लाग्नेछन् ।’ पार्टी जिल्ला सचिव सुधांशु कोइरालाले संचालन गर्नुभएको कार्यक्रममा पार्टी जिल्ला उपसभापतिद्धय गोपालप्रसाद अधिकारी, कृष्ण कार्की, प्रदेश कमिटि सदस्य परमेश्वरी पाठक, अञ्जना पाण्डेलगायतको उपस्थिति रहेको थियो । 

कार्यकर्ता भेटघाटमा नेपाली कांग्रेसका युवा नेता मेघराज ओली, लुटबहादुर केसी र गोपाल गिरीलगायतले जिल्लाको विकास, पार्टी संगठनलगायतका समसामियक घटनाका सन्दर्भमा मन्त्री पौडेललाई जनकारी गराउनुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …