Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भारतीय श्रद्धालुलाई बीच बाटोमै छाड्ने बस मालिकले माफी मागे

डेक्स

डेक्स

भारतीय श्रद्धालुलाई बीच बाटोमै छाड्ने बस मालिकले माफी मागे
ADVERTISEMENT

नेपालगन्ज । बस बुक गरेर स्वर्गद्धारी हिडेका भारतीय श्रद्धालुलाई बीच बाटोमै छाडेको बस व्यवसायीले माफी मागेका छन् । नेपालगन्जस्थित बागेश्वरी यातायात व्यवसायी प्रालिद्वारा संचालित बसले भारतका श्रद्धालुहरुलाई गन्तब्य स्थलसम्म नपुर्याई बीच बाटोमै अलपत्र छाडेको थियो ।

पिडितहरुले कारवाहीको माग गर्दै बाँके प्रशासनमा निवेदन दिएपछि शनिबार भएको छलफलमा बस व्यवसायीले गल्ती स्वीकार गरेका छन् । बसका मालिक उमेश शाह रौनियारले बसका कर्मचारीबाट गल्ती भएको स्वीकार गर्दै माफी माग्नुभएको हो ।

नेपालगन्जमा सामाजिक कार्यमा सक्रिय युवाहरुले भारतीय श्रद्धालुहरुप्रति गरिएको व्यवहारको ध्यानाकर्षण भएको जनाउँदै पिडिललाई न्यायको माग गरेका थिए भने पिडितहरुमध्ये एक भारतीय श्रद्धालुले आवश्यक कारवाहीको माग गर्दै निवदेन दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयले आवश्यक कारवाहीका लागि बाँके प्रहरीलाई दिएको निर्देशनको आधारमा शनिबार अस्थायी प्रहरी पोष्ठ बसपार्कको प्रांगणमा भएको छलफलमा बसका मालिक रौनियारले गल्ती भएको भन्दै माफी मागेसँगै बसका कर्मचारीहरुले यात्रुसँग गरेको अभद्र व्यवहार अब उपरान्त कोही कसैसँग नगर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

साथै मालिक रौनियारले यात्रुहरुबाट लिएको भाडा रकम फिर्ता गर्ने जनाउनुभएको छ । सामाजिक अभियान्ता युवाहरु र प्रहरीको उपस्थितिमा भएको छलफलको निष्कर्ष अनुसार बसका मालिक रौनियारले १५ गतेभित्र बस भाडा फिर्ता गर्ने सहमति भएको छ ।

घट्ना गत पुस २७ गतेको हो । स्वगद्धारी जाने भनेर नेपालगन्जदेखि ५६ जना भारतीय श्रद्धालुहरुलाई बागेश्वरी यातायात व्यवसायी प्रालिद्वारा संचालित ९४९५ नम्बरको मानसरोवर मेट्रो डिलक्स बसले दाङ्गको घोराहीमा लगेर अलपत्र पारेको थियो । भारत श्रावस्तीस्थित जमुनाहा बनगाई बस्ने पुजारीलाल बर्माले स्वर्गद्धारी मन्दिर जाने भनेर पुष ८ गते बस बुक ९रिजर्भ० गर्नुभएको थियो । 

स्वर्गद्धारी जाने र फिर्ता ल्याएर पुनः चढेको ठाउमा छोड्ने भनेर जम्मा ५५ हजार ८ सय रुपैयामा बस रिजर्भ भएपछि ३ हजार २ सय रुपैया बर्माले एडभान्सवापत थापालाई बुझाउनुभएको थियो ।

सहमति अनुसार स्वर्गद्धारी जाने दिन पुष २७ गते बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ बाट ५६ जना यात्रु लिएर बस स्वर्गद्धारीका लागि प्रस्थान गर्यो । बस चढिसकेपछि बसका कर्मचारीले बाँकी रकम चाहिने भन्दै मागेपछि बाँकी रकम बर्मासँग लिएका थिए । तर स्वर्गद्धारी जाने क्रममा दाङ्गको घोराही पुगेपछि बसका कर्मचारीसँग सामान्य विवाद हुँदा मन्दिर नपु¥याई जबरजस्ती त्यहाँ झार्न लगाएर यात्रुहरुलाई अलपत्र पारेको थियो । ‘

घट्ना सार्वजनिक भएपछि नेपालगन्जमा सामाजिक कार्यहरुमा सक्रिय नेपाल भारत जनमैत्री संगठनका जिल्ला कोषाअध्यक्ष सुशिल बर्मा, सदस्य महेश कुमार चौधरी, चिरन्जिवी बुढालगायतले यस प्रकारको हर्कतले नेपालीको बदनाम हुने भन्दै पिडकलाई कारवाहीको माग गर्नुभएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …