Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

घाँस र दानामा अनुदान दिन किसानको माग

सम्वाददाता

सम्वाददाता

घाँस र दानामा अनुदान दिन किसानको माग
ADVERTISEMENT

कमलराज पौडेल 
बर्दिया १३ पुस । बर्दिया जिल्लाका अगुवा बाख्रापालक कृषकहरूले घाँस र दानामा अनुदान उपलब्ध गराउन माग गरेका छन् । एकिकृत कृषि तथा पशुपंछि विकास कायालय, गुलरिया, बर्दियाले आयोजना गरेको जिल्ला स्तरिय अगुवा बाख्रापालन तालिममा सहभागि कृषकहरूले सो माग राखेका हुन ।

तीन दिनसम्म चलेको उक्त तालिममा सहभागी कृषकहरूले बाख्रापालन व्यवसायलाई प्रवद्र्धन गर्न सरकारको थप सहयोग आवश्यक भएको बताएका छन । 

तालिममा सहभागी कृषकहरूले प्राविधिक तालिम महत्वपूर्ण भए पनि घाँस र दानाको उच्च लागतले व्यवसायिक बाख्रापालनमा चुनौती थपिएको उल्लेख गरे । तालिमका क्रममा सहभागी कृषकहरूले बाख्राको खानपानका लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने र यसलाई दीर्घकालीन बनाउनु पर्ने सुझाव दिएका थिए ।

एकीकृत कृषि तथा पशुपंछी विकास कार्यालय, बर्दियाका प्रमुख सागर ढकालले गत वर्ष कार्यालयले बाख्रापालन प्रोत्साहन गर्न प्रति किलोग्राम २५ रुपैयाँको दरले अनुदान स्वरूप १५ लाख २८ हजार ४ सय २५ रुपैयाँ वितरण गरेको जानकारी गराउनुभयो । उहाँले जिल्लामा झन्डै २ लाख २० हजार बाख्राको संख्याले यो व्यवसायलाई आर्थिक गतिविधिमा जोड्न महत्त्वपूर्ण अवसर दिएको बताउनुभयो ।

बाख्रापालन महासंघ बर्दियाका अध्यक्ष नयनसिंह रावलका अनुसार जिल्लामा ३ सय जना कृषकले व्यवसाय दर्ता गरी बाख्रापालन गरिरहेका छन्, तर महासंघमा १ सय ५० जनाले मात्र दर्ता गरेका छन् । कार्यालयका पशुचिकित्सक अनिल शर्माले तालिमका क्रममा बाख्रामा लाग्ने रोग, खोरको व्यवस्थापन र व्यवसायिक बाख्रापालनका लागि आवश्यक पर्ने ज्ञान बारे प्रशिक्षण गर्नुभयो ।

कृषकहरूले यस्तो तालिमलाई निरन्तरता दिनुका साथै घाँस र दानामा पर्याप्त अनुदान उपलब्ध गराएर सरकारले व्यवसायीकरणमा सहजिकरण गर्नुपर्नेमा जोड दिएका छन् । तालिममा १४ जना महिला र ६ जना पुरुष गरी २० जना बाख्रापालक कृषकको सहभागिता रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …