Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पिडितको न्यायमा पहुँचबारे तीन दिने कार्यशाला शुरु

डेक्स

डेक्स

पिडितको न्यायमा पहुँचबारे तीन दिने कार्यशाला शुरु
ADVERTISEMENT

नेपालगन्ज १२ पुस । पीडित केन्द्रित दृष्टीकोणबाट लैङ्गिक हिंसाको मुद्दामा न्यायमा पहुँचबारे तीन दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । महिला कानून र विकास मंच एफडब्लुएलडीद्धारा आयोजित कार्यशालामा न्यायिक क्षेत्रमा लैङ्गिक हिंसाबाट पिडित महिलाहरुको न्यायको अवस्था, सेवाको प्रभावकारिता, सरोकारवाला निकायको भुमिका तथा कानूनी प्रक्रियालगायतका बारेमा जानकारी गराइने छ । 

कार्यशालामा उच्च अदालत नेपालगन्ज इजलास, बाँके र बर्दिया जिल्ला अदालत, जिल्ला तथा उच्च सरकारी वकिलको कार्यालय, कानून व्यवसायी र स्थानीय तहका न्यायिक समितिका कर्मचारीहरुको सहभागिता रहेको छ । 

कार्यशालामा हिंसाबाट पिडित महिलाहरुलाई न्यायिक निकायमा प्रदान गर्ने सेवा, गरिने व्यवहार, प्रमाण, अध्ययन अनुसन्धान प्रक्रिया, महिला मैत्री सेवालगायतका बारेमा छलफल गरिने एफ डब्लु एलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताउनुयो । 

कार्यशालाको उद्घाटन गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका बरिष्टतम न्यायधिस चन्द्रबहादुर सारुले समाजमा महिलालाई हेर्ने दृष्टिकोण अहिले पनि परिवर्तन नभएकाले सबै भन्दा पहिला पुरुष र महिला बराबरको सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिदै महिलाहरुको कानूनी रुपमा समाबेशीताको कोटा अझै बढाउनुपर्ने बताउनुभयो । 

उहाँले राजनितिक रुपमा हरेक तहतप्कामा महिलाको पहुँच तथा सहभागिता बढाउनुपर्ने भन्दै पिडित तथा विपन्न महिलाहरुको हितमा स्थानीय सरकारले कानून निमार्ण गरि कार्यान्वयन गर्न सुझाव दिनुभयो । वरिष्टतम न्यायधिस सारुले पिडित महिलाहरुले अदालत, प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी, प्रमाण, वकपत्र, सुरक्षालगायतको सेवा छिटो र सहज बाताबरणमा प्रदान गर्नुपर्ने भन्दै न्यायिक निकायमा समेत महिला मैत्री संरचनाको विकास गरि कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यशालामा सार्वजनिक सरोकार कानून व्यवसायी समुहका संयोजक वरिष्ठ अधिबक्ता सुनिलकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । कार्यशालामा कानूनकाविज्ञले सहजीकरण गर्ने एफडब्लुएलडीका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …