Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा धान उत्पादनमा बृद्धि

डेक्स

डेक्स

बाँकेमा धान उत्पादनमा बृद्धि
ADVERTISEMENT

नेपालगन्ज, ४ पुस । बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्षभन्दा धान खेती गर्ने क्षेत्रफल घटेपनि उत्पादनमा भने वृद्धि भएको हो । 

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले गत वर्षभन्दा यस वर्ष जिल्लामा धान उत्पादन बढेको बताउनुभयो । उहाँका अनुसार गत वर्षभन्दा यसवर्ष धान खेती गरेको क्षेत्रफल घटेपनि उत्पादन भने बढेको हो । सूचना अधिकारी श्रेष्ठका अनुसार यस वर्ष ३४ हजार ५०२ हेक्टर जमिनमा धान खेती गरिएको थियो ।

उक्त क्षेत्रफलमा एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिक टन धान उत्पादन भएको हो । प्रति हेक्टर ४।४० मेट्रिक टनका दरले उत्पादकत्व रहेको उहाँले बताउनुभयो । “गतवर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ, गतवर्ष भन्दा यसवर्ष धान खेती गरेको क्षेत्रफल घटेपनि उत्पादनमा भने वृद्धि भएको छ ।”

सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, “गतवर्ष ३४ हजार ६७५ हेक्टर जमिनमा धान खेती भएको थियो, यसवर्ष भने ३४ हजार ५०२ हेक्टर जमिनमा धान खेती भयो, तर उत्पादन भने बढ्यो ।” श्रेष्ठका अनुसार गतवर्ष ३४ हजार ६७५ हेक्टर जमिनमा धान खेती हुँदा प्रति हेक्टर ४।२० का दरले उत्पादकत्व रहेको थियो । वर्षे धान र चैते धान गरेर एक लाख ४५ हजार ६३५ मेट्रिक टन धान उत्पादन भएको थियो । 

बाँकेमा चैते धान भन्दा वर्षे धान नै बढी खेती हुने उहाँले बताउनुभयो । “कूल धान खेती हुने क्षेत्रफलमध्ये करिब ३५ देखि ४० हेक्टर जमिनमा मात्र चैते धानको खेती हुन्छ, बाँकी सबै वर्षे धान नै खेती हुन्छ ।” श्रेष्ठले भन्नुभयो, “जिल्लामा २५ हजार ११५ दशमलव ३० हेक्टर जमिन सिँचित क्षेत्रफल रहेको छ, बाँकी जमिन आकाशे पानीको भरमा खेती गर्ने क्षेत्रफल रहेको छ ।”

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …