Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बर्दियामा मसुरो खेती प्रवर्द्धनका लागि बहुसरोकारवाला मञ्च गठन

सम्वाददाता

सम्वाददाता

बर्दियामा मसुरो खेती प्रवर्द्धनका लागि बहुसरोकारवाला मञ्च गठन
ADVERTISEMENT

कमलराज पौडेल 
बर्दिया, १४ मंसिर । एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, बर्दियाको आयोजनामा मसुरो खेतीको उत्पादन र बजारीकरण प्रवर्द्धनका लागि जिल्ला स्तरिय बहुसरोकारवाला मञ्च गठन गरिएको छ।

कार्यालय प्रमुख सागर ढकालको अध्यक्षतामा सम्पन्न बैठकले मसुरो खेतीमा देखिएका चुनौतीहरूको समाधान, क्षेत्र विस्तार, र उत्पादन वृद्धि गर्न सहजीकरण गर्ने लक्ष्यसहित मञ्च गठन गरेको हो।

ढकालका अनुसार जिल्लाको ७५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५ हजार ७५ हेक्टरदेखि ८ हजार ५ सय हेक्टर क्षेत्रमा मसुरो खेती हुँदै आएको छ। वार्षिक उत्पादन करिब ५ हजार ४ सय १५ मेट्रिक टन रहेको र प्रति हेक्टर उत्पादकत्व ०।९७ मेट्रिक टन रहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले मसुरो खेती प्रवर्द्धनका लागि आधुनिक प्रविधि र सहजीकरण आवश्यक रहेको बताउनुभयो।

बैठकमा किसानहरूले मसुरो खेतीमा भोगिरहेका समस्या र समाधानका उपायहरूबारे आफ्ना धारणा राखेका थिए। सरोकारवालाहरूले मसुरो खेतीलाई दिगो बनाउन सहकार्य र समन्वयमा जोड दिएका थिए । 

कार्यक्रममा वरिष्ठ बागवानी विकास अधिकृत रामप्रकाश यादवले स्वागत मन्तव्य राख्नुभएको थियो। बैठकले बीउ उत्पादक कृषक रामचन्द्र यादवको संयोजकत्वमा उक्त मञ्च गठन गरेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …