Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विश्व मत्स्य दिवस : बबई नदिमा १० हजार माछाका भुरा छोडियो

डेक्स

डेक्स

विश्व मत्स्य दिवस : बबई नदिमा १० हजार माछाका भुरा छोडियो
ADVERTISEMENT

कमल राज पौडेल 

बर्दिया, ७ मंसिर : बर्दियाको गुलरिया नगरपालिका अन्तरगत पर्ने बबई नदिको भादा घाटमा १० हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवस २०८१ को अवसरमा मत्स्य क्षेत्रमा लगानी बृद्धि : खाद्य सुरक्षा दिगो विकास र समृद्धि भन्ने मुलनारा सहित मनाइएको दिवसको अवसरमा माछा छोडिएको हो ।

परम्परागत र स्थानीय माछा आयातीत माछाका प्रजातिका कारणले लोप हुने खतरा बढेपछि एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय बर्दिया र भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र बाँकेले बबई नदिमा रोहँ, नैनी र भाकुर जात लगायतका माछाको भुरा छोडेको हो । 

बबई नदिमा रोहुँ, नैनी, भाकुर, पढ्नी र बाम लगायत स्थानीय जातका माछा पाइने गरेकोमा अहिले लोप हुँदै गएको एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय मत्स्य अनुसन्धान केन्द्र, प्रदेश तथा स्थानीय सरकारबाट स्थानीय प्रजातिका माछा संरक्षणका लागि सहयोग भएकाले तिनीहरुको सङ्ख्या बढ्दै गएको छ । 

बर्दियामा ४ सय ३६ हेक्टरमा माछाको पोखरी छ । बार्षिक २ हजार २ सय ३४ मेट्रिक टन माछा यहाँ उत्पादन हुन्छ । पोखरी र नदिमा साना भुरा छोड्दा बकुल्ला लगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढिरहेकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोड्दा उपयुक्त हुन्छ ।

स्थानीय माछाका प्रजाति संरक्षण तथा जलारी समुदायका जीवनोस्तर सुधारका लागि माछा पाल्ने केज हस्तान्तरण, भुरा छाड्ने लगायतका कार्यक्रमहरु गर्दै आइरहेका छौं । दूध, माछा, मासु र अण्डामा बर्दियालाई आत्मनिर्भर बनाउने योजनालाई सफल पार्न व्यावसायिक माछापालनमा जोड दिनु आवश्यक छ ।

कार्यक्रमममा माछा जोन बर्दियाका संयोजक, कलपत्रु सहकारीका अध्यक्ष, पशु सेवा तालीम केन्द्र बाँके र पत्रकार महासंघका अध्यक्ष लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …