Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

तरकारी बेच्दै थारु महिला

डेक्स

डेक्स

तरकारी बेच्दै थारु महिला
ADVERTISEMENT

नेपालगन्ज, २५ असोजः दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन । बाँके र बर्दियाको ग्रामीण क्षेत्रका थारु महिलाले उत्पादन गरेका तरकारीले नेपालगञ्जवासीलाई लोभ्याएको छ । 

यहाँ ग्रामीण क्षेत्रका थारु महिलाले गाउँमा उत्पादन गरेका तरकारी  प्रत्येक दिन बिहानपख नेपालगञ्जको धम्बोझी चोक क्षेत्रमा ल्याएर बिक्री गर्ने गरेका छन् । यसपाली दसैँमा गाउँको तरकारी सहरमै उपलब्ध गराएको बर्दिया राजापुरकी श्यामकली थारुले बताउनुभयो । नेपालगञ्ज–२ निवासी सुनीलसिंह हमालले आफ्नो भान्सामा एक वर्षदेखि गाउँमा उत्पादित तरकारी पाक्ने गरेको बताउनुभयो । गाउँमा मेहनत गरेर उत्पादन गरेको तरकारी दसैँको बेलामा पनि नेपालगञ्ज पुर्याउनु आर्थिक मात्रै नभइ सेवाभावसमेत भएको उहाँको भनाइ छ ।  

गाउँको तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला आफैँले उत्पादन गरेर बजारमा पु¥याउन थालेका छन् । तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा उत्पादित तरकारीबाट प्रशस्त कमाइसमेत गर्न सफल भएको बर्दिया बढैयाताल गाउँपालिका–३ का महिला वडासदस्य दुसानी थारुले बताउनुभयो ।

उहाँले बर्दियाबाट नेपालगञ्ज दैनिक तरकारी ल्याएर बिक्री गर्दै आएको बताउनुभयो । “म विगत १० वर्षदेखि कृषि पेसामा आबद्ध छु, पहिला अर्गानिक तरकारी साइकलमा राखेर नेपालगञ्जका चोकचोकमा पु¥याउनुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले धेरै दिदीबहिनी धम्बोझीमा जम्मा भएर बिक्री गर्ने गरेका छौँ ।”

नेपालगञ्जमा गाउँबाट ल्याएको तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि तरकारी उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका दुसानीको भनाइ छ । उहाँले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गरिरहेको सुनाउनुभयो । 

बाँकेको नौबस्तामा घरवरिपरि तरकारीखेती गरिरहेकी वसन्ती थारूको तरकारी बिक्रीबाटै परिवारको जीविकोपार्जन भइरहेको छ । गाउँको तरकारी बजारमा सहजै बिक्री हुने गरेकाले टाढा भए पनि यहाँ आउने गरेको उहाँले बताउनुभयो ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…