Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवाले मनायो संविधान दिवस

डेक्स

डेक्स

डुडुवाले मनायो संविधान दिवस
ADVERTISEMENT

डुडुवा (बाँके) ३ असोज : डुडुवा गाउँपालिकाले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आज विहीबार अन्र्तक्रिया कार्यक्रम गरिएको छ । 

पालिकाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले नेपालको संविधानलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । सहभागीहरुले विद्यामान कानूनका बारेमा आम सर्वसाधारण नागरिकहरु सचेत हुनुपर्ने भन्दै सबैले विधीको शासनलाई पालना गर्नुपर्ने बताएका थिए । 

कार्यक्रमाई सम्बोधन गर्दै पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नेपालको ऐतिहासिक संविधानले सबैको भवानालाई समेटेको भन्दै यसको उपलब्धी भनेको पुर्ण कार्यन्वयन हो भन्नुभयो । उहाँले देशको मूल कानूनको रुपमा रहेको संविधानलाई सबैले पालना गर्नुपर्ने भन्दै कानूनका बारेमा जानकारी पाउनु नागरिकको अधिकार भएको बताउनुभयो ।

अध्यक्ष चौधरीले स्थानीय नागरिकलाई संविधानको बारेमा जानकारी गराउनका लागि स्थानीय अवधी भाषामा संविधानलाई अनुवाद गरि निशुल्क रुपमा वितरण गरिएको जानकारी गराउनुभयो । 

कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु दुर्गा प्रसाद बर्मा, आमोद कुमार तिवारी, सगिर खाँ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधी, पालिकाका विभिन्न शाखा प्रमुख, कर्मचारी र अन्य सर्वसाधरणहरुको सहभागिता रहेको थियो । 

हाजिरी जवाफ तथा बक्तृत्वकला प्रतियोगिता

दिवसको अवसरमा पालिकाले बुधबार गाउँपालिकास्तरिय हाजिरी जवाफ तथा बक्तृत्वकला प्रतियोगिता गरेको छ । बुधबार परेको राष्ट्रिय शिक्षा दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप गरिएको शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । 

प्रतियोगितामा पालिकास्तरिय विभिन्न विद्यालयहरु सहभागिता जाएका थिए । प्रतियोगितामा विजयी प्रतियोगी तथा विद्यालयलाई पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …