Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कम्लरीका लागि आयमुलक कार्यक्रम संचालन गरिने

सम्वाददाता

सम्वाददाता

कम्लरीका लागि आयमुलक कार्यक्रम संचालन गरिने
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया, भाद्र २१ गते । एकिकृत कृषि तथा पशुपक्षि विकास कार्यालय, गुलरिया बर्दियाले चालु आर्थिक वर्ष २०८१/०८२ मा मुक्त कमैया कम्लरी आयआर्जन सहित विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ।

आ।व। २०८१/०८२ को कार्यक्रम आज सार्वजनिकीकरण तथा सार्वजनिक सुनुवाईमा उक्त जानकारी गराइएको एकिकृत कृषि तथा पशुपक्षि विकास कार्यलय प्रमुख सागर ढकालले बताउनुभयो । प्रमुख ढकालका अनुसार चालु आर्थिक वर्षमा प्रदेश र संघीय सरकारको सहयोगमा सात वटा उप–शीर्षकमा कार्यक्रमहरू सञ्चालन गरिनेछ । 

प्रमुख ढकाल भन्नुहुन्छ, यस वर्षका मुख्य कार्यक्रमहरूमा कृषि उत्पादन बजारिकरण, नियमन प्रविधि प्रसार, विउमा आत्मनिर्भर कार्यक्रम, कृषक प्राविधिक भेटघाट, आलुको बीउ ढुवानी तथा स्रोत भण्डार शुल्कमा सहयोग, पशु सेवा, मत्स्य विकास र एकीकृत पशुपक्षि विकास रहेका छन् । 

उहाँका अनुसार यी कार्यक्रमहरूका लागि रु ७ करोड ४४ लाख ८० हजार बजेट बिनियोजन गरिएको छ । विउमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत मुक्त कमैया कम्लरी आयआर्जन कार्यक्रम समावेश गरिएको छ, जसले यस वर्गलाई कृषि क्षेत्र मार्फत आयआर्जनमा प्रोत्साहित गर्ने उद्देश्य राखेको छ । 

प्रमुख ढकालले विगत चार वर्षको निरन्तर प्रयासले गत वर्ष तुलनात्मक रूपमा राम्रो प्रगति हासिल भएको र यस वर्ष बाँकी कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी गराउँदै यस आ।व।मा थप नयाँ कार्यक्रमहरु संचालन गरिने बताउनुभयो ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रतिनिधिहरू, विभिन्न संचार माध्यमा आवद्ध सञ्चारकर्मी, कृषक, कृषक समूहहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …