Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सूचनाको हकको कार्यन्वयनमा जोड

डेक्स

डेक्स

सूचनाको हकको कार्यन्वयनमा जोड
ADVERTISEMENT

नेपालगन्ज, २६ साउन : सुशासनका लागि सूचनाको हक मुख्य साधन भएकाले यसको उपयोगिता बढाउनुपर्नेमा जोड दिइएको छ । सुशासनका लागि सूचनाको हक विषयक लुम्विनी प्रदेशस्तरीय दुईदिने गोष्ठीका सहभागीहरुले तीन वटै सरकार तहमा अझै पनि सूचनाको हकको कार्यन्वयनमा समस्या देखिएकाले नागरिकस्तरबाटै यसको प्रयोग बढाउनुपर्ने बताएका थिए । 

कार्यक्रमका सहभागीहरुले हरेक सार्वजनिक निकायले कुनै पनि सूचना नलुकाइ पारदर्शी रुपमा नियमित रुपमा प्रकाशन गर्नुपर्ने भन्दै यसको कार्यन्वयनमा कार्यालयका प्रमुखको बढी भुमिका रहेको औल्याएका थिए । कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरुले सबै सार्वजनिक निकाय र नागरिकलाई यसबारे सचेतना अभिबृद्धि गर्नुपर्ने भन्दै नीतिगत रुपमा यसको कार्यन्वयनलाई प्रभावकारी बनाउने बताएका थिए । 

शुक्रबारदेखि कोहलपुरमा सुरु भएको गोष्ठीमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले सूचनाको हकलाई प्राथमिकताको विषय बनाउन आग्रह गर्दै प्रदेशतहमा पनि राष्ट्रिय सूचना आयोगको संरचना आवश्यक भएको बताउनुभयो । उहाँले सूचनाको हकको विषयमा प्रगति भएपनि कार्यन्वयन तहमा जटिलता भएको उल्लेख गर्दै नागरिकलाई अधिकार सम्पन्न बनाउन सूचनाको हकलाई प्रभावकारी बनाउन यसबारे सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सावर्जनिक निकायलाई जवाफदेही र पारदर्शी बनाउन सूचनाको हकले योगदान गरेको उल्लेख गर्दैै नीति निमार्ण गर्न प्रदेश सभाका सदस्यहरूको भुमिका हुने बताउनुभयो । 

गोष्ठीमा आयोगका निमित्त सचिव युवराज अधिकारीले सूचनाको हक कार्यान्वयनमा प्रदेश सभा सदस्यको भुमिका र अपेक्षा, संविधानविद् काशीराज दाहालले पारदर्शिता, जवाफदेहीता र सूचनाको हक अन्तरसम्बन्ध र वरिष्ठ पत्रकार तारानाथ दाहालले डिजिटल प्रविधिको प्रयोग र सूचनाको हकको अन्तरसम्बन्ध बारेमा अवधारणा पत्र प्रस्तुत गरेको राष्ट्रिय सूचना आयोगले जनाएको छ । 

गोष्ठीमा लुम्विनी प्रदेशसभाका सदस्यहरु, सूचना अभियान्ता, पत्रकार लगायतको सहभागिता रहेको छ । राष्ट्रिय सूचना आयोगले सो गोष्ठीको आयोजना गरेको हो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …