Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भन्सार कार्यालयका सूचना अधिकारीद्धारा सूचना अभियन्तालाई दुव्र्यहार, कारवाहीको माग

डेक्स

डेक्स

भन्सार कार्यालयका सूचना अधिकारीद्धारा सूचना अभियन्तालाई दुव्र्यहार, कारवाहीको माग
ADVERTISEMENT

नेपालगन्ज २४ साउन । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारीले सूचना नदिई सूचना अभियन्तालाई दुव्र्यहार गरेका छन । भन्सार कार्यालयका सूचना अधिकारी पुर्ण प्रसाद लम्सालले सूचना अभियन्ता नेपालगन्जका शैलेन्द्रकुमार बैश्यले बुधबार सूचना माग गर्न गएको बेला सूचना नदिई अभद्र व्यवहार गरेको घटनाप्रति बाँकेका सूचना अभियन्ताहरुले निन्दा गर्दै कारवाहीको माग गरेका छन । 

नेपालको संविधान २०७२को धारा २७ र सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाह पाउने मौलिक हक अन्र्तगत सार्वजनिक निकायले सूचना उपलब्ध गराउनुपर्ने कानूनी प्रावधानलाई बेवास्ता गरि सूचना मागको निवेदन दर्ता नगरी सूचना माग्ने व्यक्तीमाथी गरिएको अभद्र व्यवहारले सूचनामाथी अकुंश लगाइएको ठहर गरिएको छ ।

कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारेमा जानकारी गराउदा पनि आफुमाथी अमानवियपुर्ण रुपमा दुव्र्यहार गरिएको अभियन्ता बैश्यले बताउनुभयो । उक्त घटनाप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै त्यस्ता कर्मचारीलाई तत्काल कारवाही गर्न माग गरिएको छ । 
सूचनाको हकको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको पहलमा आज बसेको बैठकले घटनाका दोषीलाई कारवाहीको माग गर्ने निर्णय गर्दै जिल्लाका सबै सार्वजनिक निकायले सहज रुपमा सूचना उपलब्ध गराउने बाताबरण मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । 

सूचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्विनी प्रदेश अध्यक्ष हेमन्त कर्माचार्य, सूचना अभियन्ता शैलेन्द्र बैश्य, अरुण तिवारी, पत्रकार आरिफ अन्सारी लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएको छ । 

सूचना अभियन्ता बैश्यले हिजो भन्सार कार्यालयमा सार्वजनिक सरोकारको विषयमा सूचना माग गर्न क्रममा सूचना अधिकारीले दुव्र्यहार गरेका थिए । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …