Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई स्वागत

डेक्स

डेक्स

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई स्वागत
ADVERTISEMENT

नेपालगञ्ज, २४ साउनः द्वन्द्वपीडित एकल महिला सञ्जाल बाँकेले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सम्मान र स्वागत गरेको छ । 

नेपालगञ्जमा विहीबार आयोजना भएको ‘न्याय परिपूरणमा मिडिया संलग्नता’ विषयक छलफलमा सञ्जालकी अध्यक्ष एकमाया विश्वकर्माले विधेयकको स्वागत गर्दै द्वन्द्वपीडितलाई विभाजित गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो वास्तविक पीडा हामीलाई मात्र थाहा छ, त्यसैले यसमा विभाजन ल्याउनु हुँदैन,” द्वन्द्वमा सुरक्षाकर्मीका परिवारले पनि ठूलो पीडाबाट गुज्रन परेको उल्लेख गर्दै विधेयक पारित भई कार्यान्वयन हुने अवस्थामा द्वन्द्वपीडितलाई दुःख दिन नहुने बताउनुभयो । 

द्वन्द्वपीडितलाई शिक्षा, स्वास्थ्य, रोजगारीको कुरा आरक्षणका रुपमा होइन ‘ग्यारेन्टी’ हुनुपर्नेमा जोड दिँदै उहाँले द्वन्द्वपीडितलाई समान व्यहार गर्न आग्रह गर्नुभयो । बाँकेको बैजनाथ गाउँपालिकाकी द्वन्द्वपीडित पार्वती बुढाले गैरद्वन्द्वपीडित हाबी हुँदा वास्तविक द्वन्द्वपीडित ओझेलमा परेको दुखेसो गर्दै सरकारलाई यसमा ध्यान दिन आग्रह गर्नुभयो । 

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले वडास्तरीय द्वन्द्वपीडित सञ्जालमार्फत केही कार्यक्रम सञ्चालन भएको जानकारी दिँदै गाउँपालिकाबाट नीति, कार्यक्रम निर्माण गरेर बजेट विनियोजन भएको बताउनुभयो । उहाँले पालिकाले द्वन्द्वपीडितको सञ्जाललाई अङ्गका रुपमा स्वीकार गरेको उल्लेख गर्दै आयआर्जनका लागि सीपमूलक कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “जो द्वन्द्वसँग जोडिएकै छैनन्, उनीहरु पनि द्वन्द्वपीडितका रुपमा छन् । ” 

नेपाल पिस बिल्डिङ इनिसिएटिभका कार्यकारी निर्देशक सुवीन्द्र बोगटी, कार्यक्रम म्यानेजर मिबुसा घिमिरे, पत्रकार शङ्कर खनाललगायतले द्वन्द्वपीडितका समस्यालाई कसरी पैरवी गर्ने भन्ने विषयमा धारणा राख्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …