Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ : मन्त्री पाण्डे

सम्वाददाता

सम्वाददाता

पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ : मन्त्री पाण्डे
ADVERTISEMENT

नेपालगन्ज ११ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले समय अनुकूल पर्यटन नीति र कानुन बनाउने बताउनुभएको छ ।

होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको आज बाँकेको नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरिएको र त्यसको गहिरो अध्ययन गरेर तीन महिनाभित्र नीति बनाउने उल्लेख गर्नुभयो ।

“अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिनेगरी कार्यगत शर्त तोकिएको छ”, उहाँले भन्नुभयो, “पर्यटन ऐन पनि समयसापेक्ष निर्माण गरी यथाशिघ्र कानुन बनाउनेतर्फ लागिपरेका छौँ ।”

मन्त्री पाण्डेले लुम्बिनी पर्यटनको क्षेत्रमा विशेष सम्भावना बोकेको प्रदेश भएकाले यहाँको पर्यटन तथा होटल व्यवसायको विकासका लागि सरकारको विशेष चासो रहने बताउनुभयो । 

“हामी राजनीति गर्नेले राजनीतिक धर्म निर्वाह गछौंँ, होटल तथा पर्यटन व्यवसायीले पनि आफ्नो पवित्र पेशामा धर्म र निष्ठा निर्वाह गर्नुहोस्”, मन्त्री पाण्डेले भन्नुभयो, “अतिथिको सत्कार गर्दै हाम्रो संस्कृतिको विशिष्टतालाई उजागारसँगै संस्कृति र प्रकृतिको बजारिकरण गर्नसके होटल तथा पर्यटन क्षेत्र फस्टाउने छ ।”

नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौँ पर्यटक भित्र्याउने अवसर रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी दिनमा सोहीअनुसार सरकारले काम गर्ने बताउनुभयो । राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा ९एमाले०बीच सत्ता सहकार्य भएको उहाँको भनाइ थियो ।  

होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले लुम्बिनी प्रदेशमा करिव ११ हजार होटल व्यवसायीले रु दुई खर्बको लगानी गरी वार्षिक करिव रु ४० करोड राज्यलाई कर तीर्दै आएका बताउनुभयो । लुम्बिनी प्रदेशका १२ जिल्लाका दुई सय प्रतिनिधि सहभागि रहेको सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका महासचिव दधिराम भण्डारीले जानकारी दिनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…