Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

रैथाने प्रजातीका वनस्पतिको संरक्षण गरिँदै

डेक्स

डेक्स

रैथाने प्रजातीका वनस्पतिको संरक्षण गरिँदै
ADVERTISEMENT

नेपालगञ्ज, १० साउन : बाँकेमा रैथाने प्रजातीका वनस्पतिको संरक्षण तथा संवद्र्धन गर्न थालिएको छ ।  वनस्पति अनुसन्धान केन्द्र, नेपालगञ्जले दुर्लभ र लोपोन्मुख प्रजातीका विभिन्न वनस्पतिको अवस्था अध्ययन गरेर संरक्षण सुरु गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत शिशिर पन्थीले जानकारी दिनुभयो ।

दुर्लभ सर्पगन्धा प्रजाती वनस्पतिको लामो समय लगाएर अध्ययन तथा अनुसन्धान गरी त्यसको बासस्थान संरक्षण गर्न कोहलपुरको रक्षा सामुदायिक वनमा एक हजार बिरुवा लगाइएको छ । सर्पगन्धा साइटिसको अनुसूचीमासमेत समावेश रहेको प्रजाति हो ।  उहाँले ढकेरी वनस्पति उद्यानमार्फत विभिन्न प्रजातिका वनस्पतिको अध्ययन तथा अनुसन्धान भएको जानकारी दिँदै चार सय ५० बढी वनस्पति प्रजातिको संरक्षण गरिएको बताउनुभयो ।

 उक्त उद्यान राप्तीसोनारी गाउँपालिका–९ मा पर्छ । “नेपालमा पाइने सबै प्रकारका वनस्पति रैथाने प्रजातीका नै हुन”, वरिष्ठ वैज्ञानिक अधिकृत पन्थीले भन्नुभयो । उद्यानमा संरक्षित भएका मुख्य प्रजातिमा सर्पगन्धा बाहेक कुचिला, श्रीखण्ड, सिकाकाइ, कुरिलो, बेतलौरी, बोझो, आँक, राजवृक्ष, कालोमुसली, तेजपात, शीतल चिनी, बेल, सोनटाटा, सिन्दुर, खयर, अनन्तमूल, अगई, गुडमार, विजयसाल, सतिसाल, अर्जुन, गुर्जोलगायत रहेका छन् । 

लहरे झार, बुट्यान र सङ्कटापन्न जडीबुटीको अध्ययन गरेर प्रयोगशालामा समेत परीक्षण हुने गरेको उल्लेख गर्दै वरिष्ठ वैज्ञानिक अधिकृत पन्थीले झयाउ, जटामसी, कुटकीलगायत सुगन्धित तेलको परीक्षण भएको बताउनुभयो । बाँकेको राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा पनि अर्जुन, मौवालागयत चार सय प्रजातीका बिरुवा रोपिएका छन् । वनस्पति संरक्षण कार्यअन्तर्गत ६ हेक्टर क्षेत्रफलमा ती बिरुवा रोपिएका हुन् ।  

जटीबुटी व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष टङ्क शर्माले जिल्लामा मेन्था र कुरिलो जातका प्रजातीको व्यावसायिक खेती गरिएको जानकारी दिनुभयो । अहिले पनि जमुनाहा नाकाबाट जटीबुटी भारत निकासी गर्न सहज वातावरण नभएको उल्लेख गर्दै उहाँले लामो समयदेखिको निकासीको समस्या यथावत रहेको बताउनुभयो ।

सो नाकाबाट ८० प्रकारका जडीबुटी भारत निकासी हुने गरेको छ । तीमध्ये जटामसी, अमला, झ्याउ र बोझो निकासी गर्न समस्या भएको कार्यालयले जनाएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …