Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

गड्यौला मल उत्पादन र हस्तकलाका लागि सामाग्री बितरण

सम्वाददाता

सम्वाददाता

गड्यौला मल उत्पादन र हस्तकलाका लागि सामाग्री बितरण
ADVERTISEMENT

नेपालगन्ज, ६ असार । बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका अति विपन्न युवा महिलाहरुलाई हरित उद्यम सञ्चालन गरेर वातावरण संरक्षणमा योगदान दिन स्टार्टअप सहयोग बितरण गरिएको छ । 

प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत युवा महिलाहरुलाई उद्यममा लगाउन सो सहयोग बितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

उहाँले दुबै नगरपालिकाका युवा महिलालाई अर्गानिक तरकारी खेती, गड्यौला मल उत्पादन र हस्तकलाका सामाग्री उत्पादनका लागि नगद भाउचर ९सिभिए० मार्फत स्टार्टअप सहयोग बितरण गरिएको बताउनुभयो । ठाकुरबाबा नगरपालिकामा गड्यौला मल उत्पादन गर्ने ६ जना युवा महिला र हस्तकला सामाग्री बनाउने ९ जना युवा महिलालाई उनिहरुले रोजेको सम्बन्धित उद्यमका लागि आवश्यक पर्ने सामाग्रीहरु नगद भाउचर मार्फत बितरण गरिएको थियो । 

बितरण कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले प्रशिक्षार्थीहरूलाई प्रदान गरिएको सहयोगको अधिकतम उपयोग गर्न आग्रह गर्दै हरित व्यापार र वातावरण संरक्षण मार्फत युवा र जोखिममा परेका महिलाहरूलाई सशक्तिकरणमा सहयोग गरेकोमा नेपाल नेपाल र बाँके युनेस्को क्लबप्रति आभार व्यक्त गर्नुभयो । 

नगरपालिकाका उपमेयर बिना कुमारी भट्टराईले आत्मविश्वास र जोशका साथ आफ्नो पेशालाई आत्मनिर्भरता प्राप्त गर्न र सम्मानजनक जीवन बिताउन प्रशिक्षार्थिहरुलाई प्रोत्साहन दिनुभयो । 

सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिसाल, रोजगार संयोजक रविन्द्र अर्याल, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, तातो हावा परियोजनाका संयोजक साजिद अलि सिद्दिकी, ग्रिन इकोनोमी परियोजनाका अधिकृत राधेकृष्ण थारु, फिल्ड सुपरवाइजर कञ्चन दहित लगायतको सहभागिता रहेको थियो । 

त्यसैगरी राजापुर नगरपालिकामा वडा नम्बर ६ का वडा अध्यक्ष असराज न्यौपानेको अध्यक्षतामा स्टार्टअप सामाग्री सहयोग बितरण कार्यक्रम सम्पन्न भएको थियो । 

सो कार्यक्रममा उद्यम विकास शाखाका प्रमुख पूर्णबहादुर ओली, बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, सदस्य फिरदौस जहाँ, आयोजना अधिकृत श्री।राधेकृष्ण थारु र फिल्ड सुपरवाइजर सुश्री सञ्जिता रिजालको उपस्थिति रहेको थियो । राजापुरमा अर्गानिक तरकारी खेतीका लागि ८ जना युवा महिला र गड्यौला मल उत्पादनका लागि ७ जनालाई स्टार्ट अप सामाग्री बितरण गरिएको छ । 

वडा नम्बर ६ का वडा अध्यक्ष न्यौपानेले स्टार्टअप सहयोगले युवालाई व्यापार व्यवसायमा लाग्न प्रेरित गरेको जनाउँदै जनप्रतिनिधि र वडा कार्यालयले पनि यस्ता व्यवसायको नियमित अनुगमन र उत्प्रेरणा गर्नुपर्नेमा जोड दिनुभयो ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …