Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यन्वयन बारे छलफल

सम्वाददाता

सम्वाददाता

निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यन्वयन बारे छलफल
ADVERTISEMENT

नेपालगन्ज, १ असार : स्थानीय तहको प्रभावकारी सेवा बनाउने उद्देश्यले नेपाली कांग्रेस बाँकेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग छलफल सुरु गरेको छ । कांग्रेसबाट पालिकामा निर्वाचित प्रमुख एवम् उपप्रमुखसंग पार्टी कार्यालय नेपालगञ्जमा छलफल गरिएको हो । 

स्थनीय तहमा प्रवाह हुने सेवाको गुणस्तरियता, हालसम्म भएका प्रगति र पार्टीसंगको समन्वयका विषयमा छलफल गरिएको सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो । 

“प्रमुख–उपप्रमुखले निर्वाचन पश्चात गरेका प्रतिबद्धता के–कति पूरा भए, के–कति पूरा हुने चरणमा छन्, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा भएका प्रगति, भौतिक र मानवीय विकासको सूचक लगायत सुशासन र समग्र समृद्धिका हिसाबले भए गरेका प्रगतिबारे जानकारी लिने उद्देश्यले उहाँहरुसंग बैठक गरेका हौं,“ सभापति गौडेलले भने–“जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्न भनेका छौं, उहाँहरुले अहिलेसम्म भएका प्रगति, चुनौती र भावी योजनाबारे हामीलाई जानकारी गराउनुभएको छ ।’

सीमित स्रोत साधनका बाबजुद जनअपेक्षा अनुसार काम गर्ने कोशिस गरिरहेको उनीहरुको भनाई छ । 

छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले आ–आफ्नो दुई बर्षे कार्यकालबारे जानकारी गराउनुभएको थियो । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …