Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

खडेरीले धानको बीउ राख्नै समस्या

सम्वाददाता

सम्वाददाता

खडेरीले धानको बीउ राख्नै समस्या
ADVERTISEMENT

नेपालगन्ज,, २३ जेठः खडेरीले खेतबारी सुक्खा भएपछि बाँकेका किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएपछि किसानले धान रोपाइँका लागि आवश्यक बीउ राख्न पाएका छैनन् ।

आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले जानकारी दिनुभयो । सिँचाइको व्यवस्था नभएकाले किसानले धानको बीउ राख्न पनि आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । “धानखेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “समयमै बीउ राख्न नपाउँदा किसान चिन्तित भएका छन् ।”

जेठ सकिन लाग्दा पनि बीउ राख्न नपाएकाले यस वर्ष धान उत्पादनमा पनि कमी आउने चिन्ता बढेको खजुरा गाउँपालिका–२ का अगुवा किसान गेहेन्द्र धितालले बताउनुभयो । मोटरको प्रयोग गरी रोपेको बीउ अत्यधिक गर्मीले सुक्न थालेको उहाँले बताउनुभयो ।  

बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानी धाराको पानी प्रयोग गरेर बीउ राखिएको छ । नेपालगञ्ज, खजुरा, जानकी, बैजनाथलगायत क्षेत्रमा किसानले मोटर र खोनपानीमार्फत बीउ राखेका छन् । जसोतसो बीउ राखे पनि वर्षात् नभएका कारण बीउ जोगाउन मुस्किल परेको नेपालगञ्ज–२३ पुरैनीका किसान चक्र बुढामगरले बताउनुभयो । 

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिकाका केही वडामा सिँचाइ व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् । बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर सन्देश पौडेलले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमद खाँले सिक्टा सिँचाइ आयोजनाले छोडेको पानीबाट कोहलपुर, बैजनाथ र राप्ती सोनारी गाउँपालिकाका किसानले बीउ राखे पनि सिँचाइ सुविधा नपुगेको क्षेत्रका किसानलाई बीउ राख्नमै समस्या भएको बताउनुभयो ।

बाँकेमा धान रोपाइँ हुने कुल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन छ । गत वर्ष सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धानखेती हुने अनुमान छ । असारको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा असर नहुने खाँले बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …