Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बैजनाथमा किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी

सम्वाददाता

सम्वाददाता

बैजनाथमा किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी
ADVERTISEMENT

नेपालगन्ज, १२ जेठ : बाँकेको बैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

स्थानीय नागरिकलाई आफैमा आत्मनिर्भर बनाउन गाउँपालिकाले किसानसंँग पालिका प्रमुख कार्यक्रम संचालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले ठुलो बजेट बिनियोजन गरेको जनाएको छ । 

बैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषि पेशामा आवद्ध छन् । किसानलाई कृषि मै आत्मनिर्भर गराउनको लागि किसानको घरदैलोमा पुगेर किसानको आत्मबल बढाउने गरेको पालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार बैजनाथ गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएर निरन्तर काम गर्दै आएको कारण किसानको गुनासोलाई समाधान गर्न किसानको घरदैलो मै पुग्ने गरिएको छ । 

७० प्रतिशत पालिकाको लगानीमा किसानलाई अनुदानको कार्यक्रम बितरण गर्दै आएको छ । यसले किसानलाई कृषि कर्म गर्न सहज गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताउनुभयो । उहाँका अनुसार बैजनाथ गाउँपालिकाले वडा नम्बर २ र ३ लाई मकै पकेट क्षेत्र र ७ र ८ लाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । 

गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउनका लागि ४ वटा वडालाई पकेट क्षेत्रका रूपमा विस्तार गरेको हो । कृषकलाई आवश्यक बिउबिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको र खेतीयोग्य जमिन वर्गीकरण गरि कृषकका लागि अनुदानसँगै सिँचाइ व्यवस्थापन गर्न दीर्घकालीन योजना बनाएर लागेको अध्यक्ष शाहीले बताउनुभयो  । 

गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माका अनुसार आवश्यकता आधारमा यहाँका प्रत्येक किसानका लागि समय समयमा कृषि र पशु पालनतर्फ विभिन्न तालिम, गोष्ठि र कार्यक्रमहरु संचालन गर्दै आएको छ । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …