Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मानव अधिकारको सवालमा अनुगमन तथा दस्ताबेजीकरण बारे क्षमता अभिबृद्धि

सम्वाददाता

सम्वाददाता

मानव अधिकारको सवालमा अनुगमन तथा दस्ताबेजीकरण बारे क्षमता अभिबृद्धि
ADVERTISEMENT

नेपालगन्ज २८ बैशाख । समुदायमा मानव अधिकारका सवाल तथा विषयबस्तुको बारेमा अनुगमन तथा दस्ताबेजीकरण गर्ने बारेमा स्थानीय मानव अधिकार रक्षकको क्षमता अभिबृद्धि गरिएको छ । 

डिसिएको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजनामा आज शुक्रबार नेपालगन्जमा आयोजित ‘मानव अधिकार अनुगमन तथा प्रलेखीकरणसम्बन्धी क्षमता अभिवृद्धि’ कार्यक्रम अन्र्तगत उनीहरुको क्षमता विकास गरिएको हो । दलित, महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तीहरुको अधिकारको अवस्था, कानून कार्यन्वयन, जटिलता लगायतका विषयलाई समेटेर उनीहरुको अनुगमन कसरी गर्ने र अनुगमन पश्चात गरिने दस्तावेजीकरणको बारेमा जानकारी गराइएको छ । 

कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै इन्सेकका लुम्विनी प्रदेश संयोजक भोला महतले मानव अधिकारका सवाल तथा विषयबस्तुहरु अहिलेको समयअनुसार परिवर्तन भईरहेकोले सोको अवस्थाबारे अध्ययन गरि सही तरिकाले समुदाय तथा कार्यक्षेत्रमा अनुगमन गरि व्यवस्थित रुपमा दस्ताबेजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले समुदायस्तरमा मानव अधिकारको अवस्थालाई सही तरिकाले अनुगमन गरि घटनाको गुणस्तरीयतामा ध्यान दिदै सम्वन्धित निकायलाई समेत रिपोर्टिङ्ग गर्न आग्रह गर्नुभयो । संयोजक महतले मानव अधिकारको संरक्षण, सम्बद्र्धनका लागि स्थानीय र प्रदेशका मानव अधिकार रक्षकले निर्भिकताका साथ आफ्ना कुराहरु राख्नुपर्नेमा जोड दिदै पिडितहरुको न्याय निरुपणका लागि विशेष भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा अधिकारकर्मी प्रकाश उपाध्यायले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बातावरणीय मानव अधिकार रक्षक समितिका पदाधिकारी, स्थानीय मानव अधिकार रक्षक, नागरिक संगठनका प्रतिनिधी लगायत गरि करिब ४० जनाको सहभागिता रहेको थियो । 

अभिमुखीकरण पश्चात सहभागीहरुले समुदायमा मानव अधिकारको अवस्था बारे अनुगमन गरि रिपोटिङ्र्गका लागि सम्वन्धित निकायहरुमा दस्तावेजीकरण गर्नेछन । 

इन्सेकले संरक्षण परियोजनामार्फत मानव अधिकार रक्षकहरुको अधिकारलाई सुनिश्चिता गर्न कानूनी वकालत गर्ने, पीडितहरुको न्यायमा पहुँचका लागि सहजीकरण गर्ने, प्रदेशतहमा मानवअधिकार लगायतका विभिन्न सवालमा अनुगमन गरि अवस्थाबारे छलफल तथा वकालत गर्ने, दलित तथा विपन्न महिाल, बालबालिका, सिमान्तकृत समुदायलाई सचेत गराई उनीहरुको क्षमता अभिबृद्धि गर्ने कार्य भईरहेको इन्सेकका परियोजना अधिकृत टेकनाथ आचार्यले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …