Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कवि अस्तुको अध्यक्षतामा स्रष्टा समाजको नयाँ कार्यसमिति

सम्वाददाता

सम्वाददाता

कवि अस्तुको अध्यक्षतामा स्रष्टा समाजको नयाँ कार्यसमिति
ADVERTISEMENT

नेपालगन्ज, १७ चैत्र । कवि विपी अस्तुको अध्यक्षतामा मध्यपश्चिम स्रष्टा समाज नेपालगन्जको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । 

शनिबार नेपालगन्जमा भएको समाजको पाँचौ साधारण सभाले अस्तुको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सभाले अध्यक्षमा अस्तुसहित सदस्यमा अस्मिता शाह, छत्रपति सिंह, निर्मल सुवेदी, विनोद देवकोटा, जयकेश सिंह, सावित्री गिरी, जहीरुल हक जीनु र भागवत पौडेललाई चयन गरेको निर्वाचन अधिकृत देवीदत्त देवकोटाले जानकारी दिनुभयो । 

समाजको विधानमा साधारणसभाले अध्यक्ष र सदस्यहरुको चयन गर्ने र पदाधिकारीको चयन अध्यक्षले निर्वाचित सदस्यहरुबाट गर्ने व्यवस्था रहेको छ ।  

मध्यपश्चिम स्रष्टा समाजले नेपालगन्जको इतिहास समेटिएको पुस्तक सद्भावको सहर नेपालगन्ज, प्रेम प्रकाश मल्लको अभिनन्दन ग्रन्थ पीडाको सगरमाथा, सनत रेग्मी सृजन सन्दर्भ, भोजराज शर्मा नादिरको गजल संग्रह अलिअी मुर्छन्ना अलिअलि होस लगायत दर्जनबढी पुस्तक प्रकाशन गरेको छ भने सृजना साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको छ । 

समाजले नेपालगन्जमा कविताको एकल वाचन काव्यगन्ज र पुस्तक तथा स्रष्टाहरुसँग साक्षात्कार गर्ने कार्यक्रम विमर्श विन्दु पनि आयोजना गर्ने गर्दछ । अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. मधुसुदन गिरीको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । 

डा गिरीले मध्यपश्चिम स्रष्टा समाजले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा नयाँ प्रतिभालाई खोजी गर्ने र योगदान दिइसकेका स्रष्टाहरुलाई यथोचित सम्मान गर्न सुझाव दिए । वरिष्ठ कथाकार सनत रेग्मीले मध्यपश्चिम स्रष्टा समाजले गरेका प्रकाशनहरु अहिले सन्दर्भ सामग्री बनिरहेको उदाहरण दिँदै आगामी दिनमा थप उपयोेगी प्रकाशनहरु गर्न सुझाव दिनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …