Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बालसुधार गृहमा विद्यालय सञ्चालन गर्न उच्च अदालतको परमादेश

सम्वाददाता

सम्वाददाता

बालसुधार गृहमा विद्यालय सञ्चालन गर्न उच्च अदालतको परमादेश
ADVERTISEMENT

नेपालगन्ज २ चैत । 
जयेन्दु बालसुधार गृह बाँकेमा बिद्यालय संचालन स्वीकृती एवं अनुमति दिन नेपालगंज उच्च अदालतको परमादेश गरेको छ । उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले जयेन्दु बालसुधार गृह बाँकेमा बिद्यालय संचालन स्वीकृती एवं अनुमति दिन डुडुवा गाउँपालिका समेतका बिपक्षीका नाममा परमादेशको आदेश गरेको छ । 

स्वीकृत बिद्यालय नहुँदा जयेन्दु बालसुधार गृहमा रहेका बालकहरु शिक्षाको अधिकारबाट बन्चित रहेकाले बिपक्षीहरुका नाममा बिद्यालय संचालन स्वीकृती एवं अनुमति दिने आदेश गरि पाउँ भनी एडभोकेसी फोरम नेपालका लुमिबनी प्रदेशका वरिष्ठ संयोजक संयोजक÷ सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका सचिव अधिवक्ता बसन्त गौतम, महिला कानुन र बिकास मन्चका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, अधिवक्ताद्वय बिकास आचार्य, बलबहादुर चन्द, सुचना र मानव अधिकार अनुसन्धान केन्दका अध्यक्ष अधिवक्ता बिश्वजित तिवारी अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०का अधिकृत बिनोद पाण्डे, अधिवक्ता केवल सिंह थारुले संयुक्त रुपमा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासमा मिति २०८० साउन ४ गते परमादेशको रिट दर्ता गर्नुभएको थियो । 

२०८० फागुन ३० गते उक्त रिटको सुनुवाई गर्दै उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका माननीय न्यायाधीश टंक प्रसाद गुरुङ्ग र बसन्तराज पौडेलको संयुक्त इजलासबाट बिद्यालय संचालन स्वीकृती एवं अनुमति दिन डुडुवा गाउँपालिका समेतका बिपक्षीका नाममा परमादेशको आदेश परमादेशको आदेश जारी गरेको छ ।

अदालतद्धारा जारी आदेशमा भनीएको छ ‘यसमा बालसुधार गृह भित्र बिद्यालय संचालन गर्ने शैद्धान्तिक सहमति रहेको भन्ने शिक्षा मन्त्रालय बिद्यालय शिक्षा शाखाको च।न ५३ मिति २०६९ /०४/२३ को पत्रबाट देखिन आएकोले जयेन्दु बालसुधार गृह नेपालगंजबाट बिद्यालय संचालन स्वीकृती एवं अनुमतिको माग भएमा प्रचलित कानून बमोजिम जो जे ब्यवस्था मिलाउनु पर्ने हो मिलाई उक्त निर्णय कार्यान्वयन गर्न गराउन भनी बिपक्षीहरुको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ ’/

मुद्धामा रिट निवेदकहरु वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, अधिवक्ताहरु लोक बहादुर शाह, बसन्त गौतम, बल बहादुर चन्द, बिश्वजित तिवारी, बिकाश आचार्य, केवल सिंह थारु लगायतले बहश गरेका थिए भने बिपक्षी बालसुधार गृहको तर्फबाट नेपालगंज उच्च सरकारी वकिल कार्यालयका तर्फबाट नरेन्द्र देवकोटा र सृजना आचार्य लगायतले बहश गरेका थिए । 

जयेन्दु बालसुधार गृहमा हाल २३८ जना बालकहरु रहेका छन् । बिद्यालय नहुदा बालबन्दीहरु शिक्षाको अधिकारबाट बन्चित भएको मुद्धामा बालकहरुको  शिक्षाको अधिकारका पक्षमा बहश गरेका अधिवक्ता बसन्त गौतमले बताउनुभयो। बालसुधार गृह बाँकेमा रहेका बालकको शिक्षाको अधिकार सम्बन्धि सार्वजनिक सरोकारको रिटमा अदालतले बिद्यालय संचालन गर्न आदेश गरेको हो । 

मुद्धामा शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश र निर्देशनालयका निर्देशक, डुडुवा गाउँ कार्यपालिकाको कार्यालय र डुडुवा गाउँपालिका कार्यालय अन्तरगतको  शिक्षा युवा तथा खेलकुद महाशाखा लगायतलाई बिपक्षी बनाइ मुद्धा दायर गरिएको थियो । 

नेपाल मानव अधिकार सम्बिन्धि बिभिन्न अन्तर्राष्ट्रिय महासन्धि, संबिधान र प्रचलित कानून अनुसार बालबालिकाको शिक्षाको हक बालसुधार गृहमा रहेका बालबालिकाहरुको पनि अन्तरनिहित हक नै हो । २३८ जना बालक रहेको बालसुधार गृहमा बिद्यालय संचालनका लागी बारम्बार माग गर्दा पनि सम्बद्ध निकायबाट बिद्यालय संचालनको स्वीकृती हालसम्म प्राप्त नभएकोले बालकहरुको पढ्न पाउने वातावरण मिलाउन दरबन्दी सहितको बिद्यालय खोल्ने अनुमति दिनु दिलाउनु भनी विपक्षीहरुका नाउँमा परमादेशको आदेश जारी गरि भन्ने माग दावी गर्दै रिट निवेदन दायर भएको थियो ।

रिट निवेदनमा कसुरजन्य कार्य गरेको आशङ्का वा आरोप लागेका वा कानुनको विवादमा परेका बालबालिका नेपालको संविधानको धारा ३९ मा प्रत्याभूत बालबालिकाको बाल अनुकूल न्यायसहित प्रमुखतः धारा १६, १८, १९, २०, २२, २७, २८, २९, ३०, ३१, ३२, ३५, ३६, ३७ समेतका मौलिक हकका हकदार छन् ।

बालबालिकासम्बन्धी ऐन २०७५ तथा बालअधिकार महासन्धि १९८९ ले प्रत्याभूत गरेका बालअधिकारहरू र बालन्यायसम्बन्धी संरक्षणात्मक अधिकारका पनि उनीहरू हकदार छन् । तिनका यस्ता संरक्षण र अधिकारहरूको कार्यान्वयन गर्न गराउन र सम्बन्धित बालबालिकालाई ती संरक्षण र अधिकार परिपूर्ति गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व बिपक्षी निकायको रहेको उल्लेखित गरिएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …