Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कारागारमा कैदीबन्दीको सुरक्षा चिन्ता

सम्वाददाता

सम्वाददाता

कारागारमा कैदीबन्दीको सुरक्षा चिन्ता
ADVERTISEMENT

नेपालगन्ज, २३ फागुनः नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित नेपालगन्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुको स्वास्थ्य तथा सुरक्षाको जोखिम बढेको छ । 

क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी हुँदा उनीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाह बताउनुहुन्छ । “कैदीबन्दीलाई शौचालय जान पनि समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “अत्यधिक भीडका कारण कैदीबन्दीको दैनिकी दुरूह बन्दै गएको छ ।”

कारागाराका कैदीबन्दीका लागि सरकारले प्रतिदिन जनही नगद रु ८० र २०० ग्राम चामल दिने गरेको छ । दाल, तरकारी, नून, तेल रु ८० वाटै कैदीबन्दीले किन्नुपर्ने हुन्छ । यसका साथै प्रत्येक वर्ष जाडो र गर्मीमा दुई जोर कपडा र दुई–दुई वर्षमा ओढ्ने ओछ्याउने दिने गरिएको छ ।

तीन सय क्षमताको कारागारमा हाल नौ सय छ जना कैदीबन्दी छन् । कारागारमा अहिले महिला कैदीबन्दी छैनन् । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको कारागारको भौतिक अवस्था पनि जीर्ण भइसकेको छ । 

“नौवस्ताको क्षेत्रीय कारागारमा कैदीबन्दी स्थानान्तरण गर्न सम्बद्ध निकायसँग माग गरेका छौँ”, जेलर शाहले भन्नुभयो, “सो कारागारको भौतिक पूर्वाधार निर्माण सकिए पनि सञ्चालन प्रक्रिया सुरु नभएकाले कैदीबन्दीलाई सार्न ढिलाइ भइरहेको छ ।”

बाँके जिल्ला कारागारमा खचाखच गरी राखिएका कैदीबन्दीको उपचारमा समेत समस्या हुने गरेको छ । स्वास्थ्य उपचारका लागि छुट्याइएको बजेट अपुग भएको उहाँको भनाइ छ । “उपचार खर्च अपुग भएपछि केन्द्रीय कारागार विभागसँग थप रकम माग गर्दै आएका छौँ”, जेलर शाहले भन्नुभयो । 

कैदीबन्दीको उपचार नेपालगञ्जको भेरी अस्पतालमा हुने गरेको छ । तर कुनै कैदीबन्दीले आफ्नो खर्चमा अन्य अस्पताल माग गरेमा त्यहाँसमेत लैजाने व्यवस्था मिलाइएको जेलर शाह बताउनुहुन्छ । कारागार प्रशासनले कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी भएकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । कारागारमा दुई वर्षअघि भएको कैदीबन्दीको आन्दोलनमा प्रहरीले कारबाही गर्दा दुई कैदीबन्दीको ज्यान गएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …