Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै

डेक्स

डेक्स

कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै
ADVERTISEMENT

नेपालगन्ज । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न भन्दै बाँकेको कोहलपुरमा घोङ्ी खाने प्रतियोगिता हुने भएको छ । 
नेपाल यूवा परिषद लुम्विनी प्रदेशस्तरिय युवा सम्मेलनको अवसर पारेर घोङीको व्यवसायीकरण र ब्रान्डिङ् गर्न उक्त प्रतियोगिता हुन लागेको होम स्टे संघका महासचिव कृष्ण चौधरीले जानकारी दिनुभयो । 
यसमा घोङी खाने तरिका र शैलीवारे समेत जानकारी दिइने उल्लेख गर्दै उहाँले चार मिनेटमा एक किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताउनुभयो । २०५ जना प्रतियोगि सहभागि हुने सो प्रतियोगितामा ४० किलो घोङी खपत हुने बताइएको छ । 
“हामीले घोङी कसरी खाएको भन्ने विषयमा मूल्याङ्न गर्न  टीम बनाएका छौ” चौधरीले भन्नुभयो । 
महासचिव चौधरीले होम स्टे पनि युवाहरुको लागि अध्ययनको विषय भएको उल्लेख गर्दै यसलाई संस्कार, संस्कृति र पर्यटनसँग जोडन खोजिएको बताउनुभयो । 
होम स्टेबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको भन्दै उहाँले युवाहरुले हेरेर पनि सीप सिक्न सक्ने उल्लेख गर्नुभयो । 
“खाना महोत्सवलाई पर्यटन आर्कषण गर्न एउटा औजारका रुपमा लिएका छौ” महासचिव चौधरीले भन्नुभयो । 
आइतवारदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा रैथाने एवं परम्परागत खानाका परिकारको प्रर्दशनी, रैथाने खाद्यान्न बीउको प्रर्दशनी, जीन बैङ्क अवलोकन तथा अध्ययनको विषयलाई पनि प्राथमिकता दिइएको छ । 
नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाले सम्मेलनलाई पर्यटन र संस्कृतिसँग जोडन खोजिएको उल्लेख गर्दै सम्मेलनमा करिव ८ लाख ५० हजार खर्च हुने बताउनुभयो । 
लुम्विनी प्रदेशका मुखयमन्त्री डिल्ली बहादुर चौधरीले उदघाटन गर्ने सो सम्मेलनमा राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्रका प्रमुख डा. बालकृष्ण जोशी, रैथाने अभियन्ता तिलक ढकाल, नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य कृष्ण कुमार अर्याल लगायत सहभागि हुनुहुनेछ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…