Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जबाट मैत्री बससेवा सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगञ्जबाट मैत्री बससेवा सुरु
ADVERTISEMENT

नेपालगन्ज, ११ फागुन : नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्ली र उत्तरप्रदेश प्रान्तको राजधानी लखनउका लागि मैत्री बससेवा सुरु गरिएको छ । 

    यसअघि, नेपालगञ्जबाट दिल्ली र लखनउसम्म नेपाल–भारत मैत्री बससेवा सञ्चालन गर्दै आइएको भेरी यातायात प्रालिसँग सहकार्य गरेर उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोण्डाले आजदेखि बस सेवा सञ्चालन गरेको हो । 

    आज नेपालगञ्ज बसपार्कमा एक समारोहकाबीच लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री र उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोण्डाका क्षेत्रीय प्रबन्धक अङ्कुर विकासले बस सेवाको शुभारम्भ गर्नुभयो । 

    प्रदेशसभा सदस्य खत्रीले नेपाली बस मात्रै दिल्ली र लखनउ सञ्चालन हुँदै आएकामा अव भारतको उत्तर प्रदेश सरकारलेसमेत नेपालीलाई सेवा सहजताका लागि मैत्री बस सञ्चालन गर्नु खुसीको कुरा भएको बताउनुभयो । 

    उत्तर प्रदेश परिवहनका क्षेत्रीय प्रबन्धक विकासले सीमा क्षेत्रमा नेपाली यात्रुले पाउँदै आएको सास्तीलाई मध्यनजर गर्दै नेपालगञ्जबाटै सहज र सुलभ दरमा बस सेवा सञ्चालन गरिएको बताउनुभयो ।  

    भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले भारतीय पक्षले भारतबाट बस सञ्चालन गरेपछि अब नेपाल–भारत मैत्री बस सेवाले सार्थकता पाएको बताउनुभयो । उहाँले आफुहरुले हाल नेपालगञ्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि सुविधा सम्पन्न बस सञ्चालन गरेर यात्रुलाई सुविधा प्रदान गर्दै आएको दाबी गर्नुभयो । 

    उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोन्डाले नेपालगञ्जबाट हाल लखनउ र दिल्लीका लागि दुईवटा बस सञ्चालन गर्ने सहमति भएको भेरी यातायात प्रालिका प्रबन्धक प्रमोद धितालले जानकारी दिनुभयो ।   

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…