Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्ज— जनकपुर हवाई सेवा सुरु हुँदै

डेक्स

डेक्स

नेपालगन्ज— जनकपुर हवाई सेवा सुरु हुँदै
ADVERTISEMENT

नेपालगन्ज । नेपालगन्ज— जनकपुर हवाई सेवा यही साताबाट सुरु हुने भएको छ । 
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिवार र सोमवार चार्टर फ्लाइट हुने जानकारी दिनुभयो । यसले धार्मिक पर्यटन प्रर्वद्धन त हुने नै छ यस बाहेक भारतको अयोध्यासँग नेपालगन्जको बागेश्वरी मन्दीर र जनकपुर मन्दिरलाई समेत जोडन सहयोग हुने अपेक्षा गरिएको छ । 
अध्यक्ष सिग्देलका अनुसार यति एअरलाइन्सबाट सुरु हुने हवाइृ उडानका लागि अहिले एकतर्फी रुपमा रु. ८ हजार ५०० भाडा कायम भएको जानकारी दिदै उडान अवधिको समय १ः ३० निर्धारण गरिएको छ । विभिन्न सरोकारवाला संघ, संस्थाको पहलमा सुरु हुने हवाई सेवाका लागि रु. ३० लाख खर्च हुने अनुमान गरिएको छ । 
‘अहिले हामीले बाटो देखाउने कोशिश मात्रै गरेका छौं ’ उहाँले भन्नुभयो । यसबाट पर्यटकको चहलपहल बढने छ र त्यसबाट नेपालगन्जको बजार चलायमान हुने अध्यक्ष सिग्देलको भनाई छ । 
भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता रहेको छ । 
उहाँले पर्यटन प्रर्वद्धनका लागि हवाइमार्गसँगै नेपालगन्ज—अयोध्या अत्याधुनिक बस सेवा समेत सञ्चालन गर्न आवश्यक भएको उल्लेख गर्दै यसबाट नेपालगन्जको वास्तविक सम्वृद्धी हुने बताउनुभयो ।  
भारतको अयोध्या नेपालगन्जबाट सबैभन्दा बढी नजिक भएको शहर हो । नेपालगन्जबाट भारतको अयोध्या १७१ किलिमिटरको दुरीमा रहेको बताइएको छ । 
नेपालका सबै पर्यटकीयस्थललाई जोडन हवाईमार्ग प्रभावकारी हुने भएकाले हवाई कनेक्टीभिटी पर्यटनको लागि सबैभन्दा सहज भएको अध्यक्ष सिग्देलले बताउनुभयो ।  
नागरिक अभियन्ता तथा अधिवक्ता विश्वराज तिवारीले हवाई मार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढने बताउनुभयो । 
उहाँले भारत र नेपालीबीचको भाइचारा सम्वन्ध समेत बलियो हुनेमा जोड दिदै यसबाट जनकपुर जानेहरुलाई मानसरोवर जानका लागि समेत सहज हुने बताउनुभयो । 
नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर बाहेक नेपालगन्जमा अन्य धार्मिक मठमन्दिर र पर्यटकीय स्थल रहेका छन । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…