Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

खडैचा नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा अबैध तस्करी, शसस्त्र प्रहरी प्रमुखद्वारा स्थानीयलाई कुटपिट

सम्वाददाता

सम्वाददाता

खडैचा नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा अबैध तस्करी, शसस्त्र प्रहरी प्रमुखद्वारा स्थानीयलाई कुटपिट
ADVERTISEMENT

नेपालगन्ज १४ माघ । बाँके डुडुवा गाउँपलिका खडैचा नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा अबैध तस्करी बढेको पाइएको छ । उक्त नाकाबाट दैनिक सैयौ जनाले ठुला परिमाणमा अबैध सामाग्रीहरु भारतबाट ल्याउने गरेपनि भन्सार नतिरी प्रहरीको सहयोगमा सामान भित्रयाउने कार्य बढेको प्रत्यक्षदर्शी बताउछन । 

प्रहरीको सेटिङ्गमा ल्याइएको सामानलाई प्रहरीले खासै चेकजाँच नगरेपनि आफ्नो घरायसी प्रयोजनका लागि ५ सय एक हजारसम्मको सामानलाई चेकजाँच गरी अनावश्यक दुख दिने गरिएको स्थानीयले बताएका छन । 

बाँके डुडुवा गाउँपालिका वार्ड नंं–२ कोलहीका स्थानीय भिमसेन बर्मा र गुल्टु बर्माले विस्कुट, नमकिनलगायत घरयासी प्रयोजनका लागि ल्याएको करिब रु सात सय बराबरको सामान शनिबार शसस्त्र प्रहरी (विओपी) खडैचाका प्रहरी निरिक्षक ओम ढकालले सामान खोसेर राखेको र पछि खबर गरेर सामान लिन आउनु भनि बोलएको तर सामान नदिई उनी दुबैजनालाई सामान्य कुटपिट गरि अभद्र व्यवहार गर्नुभएको छ । 

गरिब परिवारलाई सामान्य सामानहरु ल्याउन नदिने र नियन्त्रमा लिइएको सामानलाई भन्सार कार्यालय पठाउनुका सट्टा उल्टै हामीलाई कुटपिट गरि गाली गलौज गर्नु भनेको मानव अधिकारको समेत हनन भएको पीडित बर्माले बताएका छन । 

अबैध सामानलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाउनुका साटो मानिसलाई गालीगलौज गरि धम्काउनु कहाँको कानून हो भनेर पिडित बर्माले दुखेसो पोख्नुभयो । 

उहाँले भन्नुभयो, ‘मैले सामान ल्याए, मेरो सामानलाई बरु भन्सार गराउनुपरयो, तर प्रहरीले मलाई कुटपिट, गाली गर्न मिल्छ ।’ उहाँले प्रश्न गनुभयो, मेरो अगाडी कतिले खुलेआम सामानहरु लग्ने गरेको तर उनीहरुलाई केही नभन्ने तर मेरो सामान पनि खोसेर अभद्र व्यवहार गरेको बताउनुभयो । उहाँले कानूनअनुसारको भन्सार तिराउनु पर्नेमा अभद्र व्यवहार गरेको घटनाबारे छानविन गरि दोषीलाई कारवाहीका लागि सम्वन्धित सरोकारवाला निकायसंग माग गर्नुभएको छ । 

यस विषयमा शसस्त्र प्रहरी निरिक्षक ढकाललाई बुझ्दा उक्त घटना केही पनि नभएको भन्दै बरु शुक्रबारको हकमा जानकी बजारबाट यहाँका नेपालीले त्यहाबाट ल्याउने तरकारीलगायतका सामान ल्याउन दिएको प्रतिक्रिया दिनुभयो ।  

बाँकेका विभिन्न सिमा नाकामा छोटी भन्सारको अभावमा अबैध तस्करी बढने गरेको छ । प्रहरीलाई मिलाएर दैनिक जसो खेलेआम सामानहरुको तस्करी बढदै गएको स्थानीयले बताएका छन । यस विषयमा सरोकारवाला निकायको ध्यान अझै नगएको प्रति स्थानीय अगुवा चिन्तित बनेका छन ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …