Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्ज- जनकपुर हवाई सेवा सुरु गर्न माग

डेक्स

डेक्स

नेपालगन्ज- जनकपुर हवाई सेवा सुरु गर्न माग
ADVERTISEMENT

नेपालगन्ज । भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेको अवसरमा नेपालगन्ज— जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ ।  धार्मिक पर्यटन प्रर्वद्धन गर्न भन्दै बाँकेमा रहेका धार्मिक अगुवा, पर्यटन व्यवसायी र व्यापारीले हवाई सेवाबाट भारतीय पर्यटक आर्कषित हुने बताएका छन ।

भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता रहेको धार्मिक अगुवाले बताएका छन । उद्योग बाणिज्य सङ्घ, नेपलगन्जका पूर्व अध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले धार्मिक पर्यटनका लागि नेपालगन्ज- जनकपुर हवाईमार्गसँगै स्थालमार्गलाई पनि प्रभावकारी बनाउन आग्रह गर्दै सातामा एउटा फ्लाईट भएपनि त्यसको धार्मिक पर्यटनमा दुरगामी असर पर्ने बताउनुभयो । 

उहाँले नेपालगन्ज— जनकपुर र जनकपुर काठमाण्डौंको एकिकिृत हवाई मार्गले नेपालगन्जको बजारलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भारतका अयोध्यामा रहेको श्रीराम मन्दिरमा आउने लाखौं पर्यटकलाई नेपालगन्ज हुँदै नेपाल भित्राउन सके त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

हडियाबावा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बैश्य भन्नुहुन्छ, भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि सिताजीको जन्मभूमि जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गरेपछि पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।  

उहाँले नेपालगन्ज—पोखराको हवाई उडान भएजस्तै नेपालगन्ज—जनकपुरको उडान हुनका लागि यति एअर लाइन्स,बुद्ध एअर लाइन्स वा श्रीएअरलाइन्सको जहाजलाई राती नेपालगन्ज एअरपोर्टमा नै राख्नुपर्ने तर्क गर्दै त्यसपछि यसको भारतमा प्रचार प्रसार गरेर भारतीय पर्यटक नेपाल भित्राउन सकिने बताउनुभयो । 

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्ज—जनकपुर हवाईमार्ग अविलम्व सुरु गर्न माग गर्दै यसलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

उहाँले पर्यटन प्रर्वद्धनका लागि हवाइमार्गसँगै नेपालगन्ज—अयोध्या अत्याधुनिक बस सेवा समेत सञ्चालन गर्न आवश्यक भएको उल्लेख गर्दै यसबाट नेपालगन्जको वास्तविक सम्वृद्धी हुने तर्क गनुभयो । 

पर्यटन व्यवसायी सिग्देलले भन्नुभयो, ‘राजनीतिक नेतृत्वसँग इच्छाशक्तिी मात्रै हुने हो भने पर्यटनको एजेण्डालाई लागु गर्न सकिन्छ ।’ उहाँका अनुसार अयोध्या नेपालगन्जबाट सबैभन्दा बढी नजिक भएको शहर हो । नेपालगन्जबाट भारतको अयोध्या १७१ किलिमिटरको दुरीमा रहेको बताइएको छ । 
नेपालका सबै पर्यटकीयस्थललाई जोडन हवाईमार्ग प्रभावकारी हुने भएकाले हवाई कनेक्टीभिटी र बस सेवाको कनेक्टीभिटी आवश्यक भएको सिग्देलको भनाई छ । 

नागरिक अभियन्ता तथा अधिवक्ता विश्वजित तिवारीले हवाई मार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढने बताउनुभयो । उहाँले भारत र नेपालीबीचको भाइचारा सम्वन्ध समेत बलियो हुनेमा जोड दिदै यसबाट जनकपुर जानेहरुलाई मानसरोवर जानका लागि समेत सहज हुने बताउनुभयो । 

नेपालगन्जको हनुमानगढी सञ्चालन तथा व्वस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले भारतको अयोध्याम श्रीरामको दर्शनगरेपछि सितामाताको दर्शन नगरे पूर्ण लाभ नहुने भएकाले अयोध्याबाट जनकपुर जानका लागि हवाईमार्ग अति आवश्यक भएको जानकारी दिदै माता जानकीको दर्शन गरेकाले पुनः श्रीराम मन्दिरको पनि दर्शन गर्नुपर्ने बताउनुभयो । 

‘यी दुवै मन्दिरको दर्शन हुने भएकाले धामिर्क पर्यटनमा यसले टेवा पु¥याउछ ।’ उहाँले भन्नुभयो । नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर बाहेक नेपालगन्जमा अन्य धार्मिक मठमन्दिर र पर्यटकीय स्थल रहेका छन । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…