Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राष्ट्रिय शक्ति निर्माण गर्ने : महासचिव पोखरेल

सम्वाददाता

सम्वाददाता

राष्ट्रिय शक्ति निर्माण गर्ने : महासचिव पोखरेल
ADVERTISEMENT

नेपालगन्ज, १ माघ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी कुनै समीकरणको जोडघटाउमा नलागी मुलुकको सुरक्षित भविष्यका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल बाँकेद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमाले आफ्ना अभियानलाई लिएर जनतामाझ गइरहेको भन्दै जनसरोकारका प्रश्न अगाडी सारेर सरकारमाथि दबाब बढाउन एमाले जनतामाझ गइरहेको उल्लेख गर्नुभयो । 

लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहनुभएको महासचिव पोखरेलले सरकार राष्ट्रिय हितका प्रश्नमा विदेशी स्वार्थका सामु लम्पसारबादी भएको टिप्पणी गर्दै जातीय तथा धार्मिक अतिवाद प्रर्वद्धनमा सरकारले काम गरिरहेको दाबी गर्नुभयो । 

नेता पोखरेलले मङ्सिरमा सम्पन्न पार्टीको “समृद्धिका लागि संकल्पयात्रा” बारे प्रष्ट्याउँदै उहाँले मध्य पहाडलाई नेपालको विकास र समृद्धिको आधारशिलाको रुपमा विकास गर्ने अवधारणा तयार गर्ने योजनामा रहेको बताउनुभयो । 

विकास मध्य पहाडतर्फ जाने तर बसाइँ तराईतिर सर्ने समस्याको समाधान खोज्ने प्रयास स्वरुप नेकपा एमालेले मध्यपहाडी लोकमार्गलाई केन्द्रविन्दु बनाएर समृद्धिका लागि संकल्प यात्रा सम्पन्न गरेको उनको भनाई छ । उहाँले नेकपा एमालेले भविष्यमा नेपालको सीमावर्ती क्षेत्र हुलाकी सडकलाई केन्द्रविन्दु बनाएर यस्तै खाले संकल्प यात्रा गर्ने तयारी गरेको बताउनुभयो ।

“नेपालको सन्दर्भमा भन्ने हो भने हुलाकी सडकसंग जोडिएको क्षेत्र जो पछाडी परेको छ र मध्यपहाडको क्षेत्र जो आर्थिक क्रियाकलाप र रोजगारीको अभावमा बसाइँ सरिरहेको छ, उहाँले भन्न्ुभयो, “दुई वटा क्षेत्रलाई केन्द्रविन्दु बनाएर मुलुकको विकास र समृद्धिको योजना अगाडि सार्ने हो भने जनतामा बढ्दै गइरहेको निराशालाई फेरि आशामा बदल्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।” 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …