Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विद्यार्थीलाई सहकारी पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका

सम्वाददाता

सम्वाददाता

विद्यार्थीलाई सहकारी पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका
ADVERTISEMENT

नेपालगञ्ज, पुस २६ । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गत बर्षदेखि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

सहकारीका विषयमा विद्यालयस्तरका बालबालिकालाई जानकारी गराउँदै सहकारी अभियानलाई प्रभावकारी बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको सहकारी शाखा प्रमुख प्रविन रानाले बताउनुभयो । 

गत बर्ष चार वटा विद्यालयमा पुगेर माध्यमिक तहका विद्यार्थीलाई सहकारीबारे सिकाएको सहकारी शाखाले यसपटक नगरका १६ वटा सामुदायिक विद्यालयका ६० जना विद्यार्थीलाई एकै ठाउँमा राखेर सहकारी अवधारणाबारे बोध गराएको रानाले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका कक्षा ९(१२ मा अध्ययनरत विद्यार्थीहरुलाई सहकारीको अवधारणाबारे बोध गराउने उद्देश्यले विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । 

कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र अधिकारी, नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्र धमला र नेपालगञ्ज उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख रानाले विद्यार्थीलाई प्रशिक्षित गर्नुभएको थियो । समाजमा सहकारी अभियानबारे बढ्दो अविश्वास र नकारात्मक धारणालाई चिर्दै समाजमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सहकारी धारणाबारे बोध गराउन खोजेको रानाले बताउनुभयो । 

समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले सहकारीको महत्वबोध गराउन कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

सरकारले आर्थिक राष्ट्रको आर्थिक विकासका तीन खम्बा मध्येको एक खम्बाका रुपमा सहकारीलाई स्वीकारिसकेको बताउँदै उहाँले सहकारी अभियानलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । नीति नियम र कानुन बमोजिम सहकारी चल्नुपर्नेमा जोड दिँदै पुनले केही स्वार्थ समूहका कारण सहकारीमाथि आशंका देखिएको बताउनुभयो । 

समापन कार्यक्रममा कार्यपालिका सदस्य संगिता रेग्मी, सहकारी शाखाकी तुलसा पन्थी आचार्य लगायत उपस्थित हुनुहुन्थ्यो । त्यस क्रममा सहभागीका तर्फबाट शेरबहादुर चलाउने, झक्क भण्डारीले सहकारीबारे आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…