Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

डेक्स

डेक्स

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा
ADVERTISEMENT

नेपालगन्ज ।  भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आउनुभएको छ ।नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर काठमाडौं आउनुभएको हो । 

आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्री एनपी साउद र  परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो । 

विदेशमन्त्री जयशंकर आज बिहान ११ शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गदैहुनुहुन्छ । 

राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरेपछि विदेशमन्त्री जयशंकरले मध्यान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता गर्नेछन्  भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउदसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुनेछ । 

लगत्तै १ः१५ बजेबाट त्यहाँ दुवै देशका मन्त्रीस्तरीय बैठक शुरु हुनेछ भने १ः४५ बजे विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

सो सम्झौतापछि विदेश मन्त्री जयशंकरले विभिन्न दलका नेताहरुसँग राजनीतिक भेटवार्ता गर्नेछन् । जसअनुसार ३ः४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटर्वार्ता हुनेछ । 

आजै ४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता हुने जनाइएको छ । साँझ ६ः१५ देखि सोल्टी होटलमा विदेश मन्त्री जयशंकरको सम्मानमा आयोजित रात्रिभोजमा सहभागी हुने जनाइएको छ । 

आज दिनभर औपचारिक कार्यक्रममा ब्यस्त रहे पनि भोलि भने भारतीय विदेश मन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनुहुनेछ । जसअनुसार भोलि बिहान पशुपतिनाथको दर्शन गरर्नुहुनेछ भने उहाँले पुनःनिमार्ण भइरहेका भवनहरुको निरीक्षण गर्नुहुनेछ। दुई दिने नेपाल भ्रमणमा आउने विदेश मन्त्री जयशंकर भोलि मध्यान्ह १२ बजे स्वदेश फर्कने कार्यक्रम छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …