Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विपन्न किसान समुहलाई साना सिंचाई सुविधा हस्तान्तरण

सम्वाददाता

सम्वाददाता

विपन्न किसान समुहलाई साना सिंचाई सुविधा हस्तान्तरण
ADVERTISEMENT

नेपालगन्ज, पुस ७ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको नेपाल एकीकृत विकास परियोजना २ अन्तर्गत विपन्न र गरिब किसान समुहको खाद्यान्न उत्पादन र तरकारी खेतीमा संलग्नता आयस्तर बढाउने उद्देश्यले साना सिँचाइ सुविधा प्रदान गरिएको छ । 

खजुरा गाउँपालिकाको वडा नं २ र ३ मा २ थान र नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा ४ थान गरी कुल ६ वटा सिँचाइ सुविधा जडान गरेर किसान समुहलाई हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

बाँके युनेस्को क्लबले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, पूर्व अध्यक्ष राजेन्द्र चौधरी, बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी लिमिटेडकी कमला न्यौपाने र कार्यक्रम संयोजक बिनिता आर।सी। लगायतको सहभागिता रहेको थियो ।  

विपन्न र गरिब किसानहरु सम्मिलित समुहले सिँचाइ सुविधा पाएपछि किसानहरु निकै हर्षित भएको र यसको उचित उपयोग र समयमै मर्मतसम्भार गर्ने आश्वासन समेत उनिहरुले दिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

कतार च्यारिटि नेपालका कार्यक्रम प्रबन्धक ईर्शाद शेखले सिचाई सुविधा पाएपछि तरकारी लगायतका कृषि उत्पादन बढ्ने र त्यसबाट हुने आर्थिक सक्षमताले उनीहरूलाई आफ्ना छोराछोरीलाई शिक्षा दिन र परिवारका अन्य आधारभूत आवश्यकताहरू पूरा गर्न थप सक्षम बनाउने बताउनुभयो । 

सोही प्रकारले कतार च्यारिटि नेपालका ईन्जिनियर आमिर फैसलले साना सिँचाइ सुविधाले आवश्यकताको समयमा बालीकालागि पानी उपलब्ध गराउने भएकाले किसान समूहले वर्षाको पानीमा भर पर्नु नपर्ने बताउनुभयो । 

बाँके युनेस्को क्लबले कतार च्यारिटि नेपालको सहयोगमा बाँके जिल्लामा गरिब र विपन्न परिवारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।   

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …