Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

छैठौं नेपालगन्ज महोत्सव शुरु

सम्वाददाता

सम्वाददाता

छैठौं नेपालगन्ज महोत्सव शुरु
ADVERTISEMENT

नेपालगन्ज ५ पुस । छैठौं नेपालगन्ज महोत्सब २०८० आज  शुरु भएको छ । लुम्विनी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले रिबन काटेर महोत्सबको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन सत्रमा बोल्दै कृषि मन्त्री अहिरले कृषि प्रधान देशमा कृषकलाई बढि प्रथामिकताका साथ लैजाने कुरामा जोड दिनुभयो । असल देशका व्यक्ति सधै असल बाटो हिड्नु पर्ने कुरामा सधै अग्रसर भएर लाग्नुपर्ने कुरामा समेत उहाँले जोड दिनुभयो । 

जनताले नेताहरुसंग हिसाबकिताब माग्न जरुरी छ भन्दै उहाँले भन्नुभयो अहिले जनता सचेत भएका छन तर पनि नेताहरुले गरेको आर्जन र जोडिएको सम्पत्तिको छानविन जनताले नै गर्न अति आवश्यक रहेको कुरा कृषि मन्त्री अहिरले उल्लेख गर्नुभयो ।

महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै महोत्सवमा भोली ९शुक्रवार० चर्चित गायीका एलिना चौहानले आफ्नो प्रस्तुतीका साथ साथै स्थानिय सोनी डान्स ग्रुपको समेत बेजोड प्रस्तुती रहने बरिष्ठ नृत्य निर्देशक केबी शाहीले जानकारी गराउनुभयो । यस्तै महोत्सवमा हरेक दिन डान्स आइडल प्रतियोगिताको पहिलो छनोट राउण्डमा ३६ जना प्रतिस्प्रधि छनोट भएको बरिष्ठ नृत्य निर्देशक शाहीले बताउनुभयो । 

डान्स आइडलमा पहिलो हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार, तेश्रो हुनेले १० हजार र चौथो हुनेले ५ हजार नगद सहित प्रमाणपत्र पाउने नृत्य निर्देशक शाहीले बताउनुभयो ।

यस्तै महोत्सवको उद्घाटनमा विभिन्न विद्यालय तथा समुदायका झाँकी सहितको र्याली नेपालगन्जको धम्बोझी चोकदेखि निस्केको ¥याली पुष्पलाल चोक, कारकाँदो हुँदै महोत्सव स्थलमा पुगेका थियो । जसमा उत्कृष्ट ३ विद्यालयको ¥यालीलाई आयोजकले पुरस्कृत गरेको छ ।

उत्कृष्ट र्याली  प्रर्दशन गरेको मंगलप्रसाद मावि नेपालगन्ज प्रथम, दोश्रोमा फ्लोरिड सेकेन्डरी स्कुल कम्दी र तेश्रोमा न्यु ग्यालेक्सी स्कुललाई क्रमश ८ हजार, ६ हजार र ४ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।

ए।जि। सर्भिस प्रालिद्धारा आयोजित नेपालगन्ज महोत्सवमा थारु गाउँ, बालउद्यान, सबै प्रकारका स्टल, घुम्ने पिङ, बिबिध कला संस्कृति, भेष भूषा, डान्स तथा नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहेको आयोजकले जानकारी गराएको छ ।

महोत्सवलाई थप आकर्षण बनाउन नेपाल र भारत हरियाणाका चर्चित चर्चित कुस्ती खेलाडीको प्रतियोगिता पनि आयोजना गरिने आयोजकले जनाएको छ ।

कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवद्र्धन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवमा विभिन्न खाले मनोरञ्जनात्मक कार्यक्रमका साथ साथै हरेक दिन डान्स प्रतियोगिता समेत रहने ए।जी। सर्भिस प्रा।लिका अध्यक्ष तथा महोत्सबका संयोजक नन्दु बुढाले जानकारी गराउनुभयो ।

‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना भएको महोत्सवमा झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने अनुमान रहेको आयोजकले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १८ स्थित सडक डिभिजन कार्यालय परिसरमा यही पुष ५ गतेदेखि १७ गतेसम्म संचालन हुने महोत्सव स्थलमा २ सय बढि कृषि तथा व्यापारीक स्टलहरु रहेका छन् ।

महोत्सव अवलोकनको समय विहान १० बजे देखी साँझ ७ बजेसम्म निर्धारण गरिएको छ । महोत्सव अवलोकनका लागि साधारणका लागि प्रति व्यक्ति १०० रुपैँया र विद्यार्थीहरुका लागि ८० रुपैँया निर्धारण गरिएको आयोजकले जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …