Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाल समिति गठन बारे अदालतद्धारा स्थानीय तहको नाउँमा कारण देखाउ आदेश

सम्वाददाता

सम्वाददाता

बाल समिति गठन बारे अदालतद्धारा स्थानीय तहको नाउँमा कारण देखाउ आदेश
ADVERTISEMENT

अल्का मिश्र 
नेपालगन्ज २८ मङ्सिर । बाँके र बर्दियाका कुनै पनि स्थानीय तहले स्थानीय बाल अधिकार समिति गठन गरेका छैनन । स्थानीय बाल अधिकार समिति गठन नगरेको विषयमा उच्च अदालतमा परेको रिटमाथी सुनवाई हुदै स्थानीय तहको नाउँमा कारण देखाउ आदेश भएको छ । 

उच्च अदालत नेपालगन्ज इजलासका न्यायधिस पूनमसिंह चन्दको एकल इजलासले १५ दिनभित्र समिति गठन नगर्नुको कारणसहितको आदेश जारी गरेको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका जिज्ञासा तिवारी र ऐञ्जिला ज्ञवालीले अदालतमा दायर गर्नुभएको रिटमाथी सुनवाई हुदै अदालतले लिखित जवाफसहितको कारण देखाऊ आदेश जारी गरेको हो । 

विपक्षीहरुले कानुन बमोजिमको दायित्व र जिम्मेवारी बहन नगरेको, जसले गर्दा बाके र बर्दिया जिल्लाका नागरिक र बालबालिकाहरुले सहभागितामूलक लोकतन्त्रको अनुभूति गर्न नपाएको हुदा सार्वजनिक सरोकारको विषय भएको भन्दै नेपालको सविधान २०७२ को धारा १४४ (१), १४४ (२) समेत अनुसार अदालतमा रिट दायर गरिएको हो । 

स्थानीय तहले बाल बालिका सम्वन्धी ऐन २०७५ को दफा ६०  स्थानिय बालअधिकार समिति गठन, दफा ६१ मा बाल कल्याण अधिकारीको नियुक्ती, बाल कल्याण अधिकारीको काम कर्तव्य र अधिकारको व्यवस्था र दफा ६२ मा पालिका अन्र्तगत समाजसेवी तथा बाल मनोविज्ञ नियुक्त्ती समेतको व्यवस्था रहेको छ । 

उक्त कानूनी व्यवस्था रहेपनि हालसम्म बाँके र बर्दियाका कुनै पनि स्थानीय तहले त्यसको कार्यान्वयन गरेको पाइन्दैन । सोको तत्काल कार्यान्वयनका लागि अदालतमा सार्वजनिक सरोकारको विषय भन्दै मुद्दा दायर गरिएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । 

अदालतमा परेको मुद्दाको सुनवाईमा निवेदक जिज्ञासा तिवारी र एञ्जिला ज्ञवालीले स्वयम् कानूनसम्बत आफ्नो विचार राख्दै बहस गर्नुभएको थियो । उहाँहरुले केही दिन अघि बाँके र बर्दियाका सबै स्थानीय तहसंग सो सम्वन्धमा सूचना समेत माग गर्नुभएको थियो । सूचनाको आधारमा कसैले पनि सो सम्वन्धीको कार्यान्वयन नगरेपछि अदालतमा मुद्दा दायर गरिएको हो । 

संस्थाले सार्वजनिक सरोकारका विभिन्न विषय तथा सवाललाई कानूनसम्वत कार्यान्वयनका लागि उच्च अदालतमा रिट दायर गर्दै आएको कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …