Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कानूनमा भएका प्रावधानको अक्षरस पालनामा जोड

सम्वाददाता

सम्वाददाता

कानूनमा भएका प्रावधानको अक्षरस पालनामा जोड
ADVERTISEMENT

नेपालगन्ज २३ मसिंर । उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीश किरन कुमारी गुप्ताले मानव अधिकार संरक्षणका लागी कानूनमा भएका प्रावधानको अक्षरस पालना गर्नु पर्नेमा जोड दिनुभएको छ । 

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा एडभोकेसी फोरम नेपाल, नेपालगंज उच्च तथा जिल्ला बार एशोसिएसन, फियान नेपाल, इन्सेक, मानव अधिकार एलाइन्स, सुचना र मानव अधिकार अनुसन्धान केन्द्र लगायतले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै न्यायाधीश गुप्ताले कानून कार्यान्वयनमा देखिएका कमी कमजोरी हटाउदै मानव अधिकार संरक्षणमा सबै लाग्नु पर्ने बताउनुभयो । मानव अधिकार संरक्षणका लागी पहिले मानव अधिकार रक्षक आफै सुरक्षित हुनु पर्ने जनाउदै न्यायाधीश गुप्ताले बर्र्षै भरि मानव अधिकारको सवाल उठाईरहनु पर्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीश पुनम सिंह चन्दले कानूनमा उल्लेखित मानव अधिकारका सवाललाई कार्यान्वयन गर्न अदालत प्रतिवद्ध रहेको बताउनुभयो  मानव अधिकार कुनै न कुनै हिसावले उल्लघंनको भैरहेको चर्चा गर्दै न्यायाधीश चन्दले लिंगका आधारमा हुने हिंशा रोकथाम र पीडितको न्यायका लागी सवै एकताबद्ध भई लाग्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले सम्मानपुवर्क बाँच्नका लागी जे जति अधिकारहरुको आवश्यक पर्दछन् ति सबै मानव अधिकार भएकाले तिनको संरक्षणका लागी सबै सरोकारवाला निकायको भुमिका प्रभावकारी हुनु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगमा नेपालगंज कार्यालयका प्रमुख द्धारिका अधिकारीले सबै नागरिकको मानव अधिकार संरक्षण हुनु पर्नेमा जोड दिनुभयो। मानवअधिकार दिवसले मानवअधिकार प्रति विश्वको ध्यानाकर्षण गराउने बताउदै संयोजक गौतमले विश्वभरका जनतालाई मानवअधिकारको महत्वबारे सचेत गराउने र त्यसको पालनाप्रति सचेत हुन सन्देश दिने बताउनुभयो ।  

वरिष्ठ अधिवक्ता श्याम प्रसाद गौतमले गरिव सिमान्तकृत नागरिकको न्यायमा अरु सरह पहुँच पुग्न नसकेको चर्चा गर्दै न्यायमा समान पहुँच पुग्नु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै उच्च सरकारी वकिल कार्यालय नेपालगंजका सहन्यायाधीवक्ता उमाकान्त पौडेलले थुनुवाका पनि मानव अधिकार हुने जनाउदै हिरासत ब्यवस्थापन र थुनुवा उपर हुनु पर्ने मानबोचित ब्यवहार भए नभएको बिषयमा आफ्नो कार्यालयले अनुगमन गर्ने प्रतिवद्धता जनाउनुभयो । मानव अधिकारको संरक्षणका लागी सरोकारवाला बिच आवश्यक समन्वय हुनु पर्नेमा जोड दिदै सहन्यायाधीवक्ता पौडेलले राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लेखित अधिकारको उपभोग सबैले गर्न पाउनु पर्नेमा जोड दिनुभयो । 

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र लैंगिक हिंशा बिरुद्धको १६ दिने अभियानका सन्दर्भमा मानव अधिकारको संरक्षणमा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रियामा न्याय क्षेत्र सम्बद्ध निकायका पदाधिकारीहरुले मानव अधिकारको संरक्षणमा न्यायालयको भुमिका प्रभावकारी हुनु पर्नेमा जोड दिएका थिए । 

कार्यक्रमा स्वागत मन्तब्य राख्दै फियान नेपालका नेपालगंज प्रमुख सुरेश कुमार गौतमले मानव अधिकारको बिश्वब्यापी घोषण पत्रमा उल्लेखित अधिकार सबैले समान रुपमा उपभोग गर्न पाउनु पर्नेमा जोड दिनुभयो । 

उच्च अदालत बार एशोसिएसनमा अध्यक्ष चित्र बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता बिकाश आचार्य, अधिवक्ता कुसुमा बश्याल, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, बासका मन भण्डारी, इन्सेकका सरस्वती मल्ल लगायतले मानव अधिकारको संरक्षण र संरक्षणमा जोड दिनुभयो । 

कार्यक्रममा मानव अधिकारको पछिल्लो अवस्था, मानव अधिकारका सवाल, नागरिक अधिकार र राज्यको दायित्व र मानव अधिकार संरक्षणमा अधिकारकर्मीको भुमिका लगायतका बिषयमा सहभागीहरुले बोलेका थिए । कार्यक्रमका वक्ताले मानव अधिकार संरक्षणमा राज्यका निकायहरुलाई जवाफदेही बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । 

गत नोभेम्बर २५ देखि डिसेम्बर १० तोरखसम्म मनाईने लैंगिक हिंशा बिरुद्धको १६ दिने अभियान पनि बिभिन्न कार्यक्रमका साथ चलिरहेको छ । जुन अभियान मानव अधिकार दिवसकै दिन समापन हुने गर्दछ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …