Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नयाँ नयाँ क्षेत्रमा लगानीकर्ताको आर्कषण बढ्दै

डेक्स

डेक्स

नयाँ नयाँ क्षेत्रमा लगानीकर्ताको आर्कषण बढ्दै
ADVERTISEMENT

नेपालगञ्ज  । शेयर बजारमा ठूलो हिस्सा ओगटेको बैङ्किङ क्षेत्रमा लगानीकर्ताको आर्कषण घट्दै जान थालेको छ । 
बैङ्किङ क्षेत्रबाट सिफ्ट भएर लगानीकर्ता शेयर बजारको अन्य क्षेत्रमा आर्कर्षिक हुन थालेको लगानीकर्ताले जनाएका छन । खास गरी इन्सुरेन्स, हाइड्रोपावर, फाइनान्स, होटेल तथा पर्यटन लगायतका क्षेत्रमा लगानीकर्ता झुम्मीन थालेका छन । 
केही बैङ्कले यस बर्ष लाभांस पनि नदिएको र बैङ्किङ क्षेत्रमा राम्रा मानिएका कम्पनीको शेयर मूल्य पनि ओरालो लागेका कारण सो क्षेत्रमा आर्कषण कम हुदै गएको नेपालगन्जका लगानीकर्ता विकास भट्टराई बताउनुहुन्छ । 
उहाँले विगतमा बैंकको पुँजी कम थियो शेयरको सप्लाई पनि कम थियो र अन्य कम्पनी पनि नआएको तर अहिले रु.दुई अर्बको बैङक केही अपवाद बाहेक अधिकांस रु. बीस अर्बको पुँजीमा भएकाले शेयर सप्लाई बढेको बताउनुभयो । 
बैंकलाई १० प्रतिशत लाभांस बाढन पनि धौ धौं भएकाले बैंकप्रतिको आर्कषण घटेको उल्लेख गर्दै लगानीकर्ता भट्टराईले सर्ट टर्म लगानीकर्ताले दुई देखि तीन प्रतिशत नाफा बुक गर्दा पनि शेयरको सप्लाई बढन थालेको अनूभव सुनाउनुभयो । 
उहाँले भन्नुभयो —‘अहिले कम पुँजी भएका विभिन्न हाइड्रोपावर, फाइनान्स लगायतका कम्पनीमा लगानीकर्ताको आर्कषण बढेको छ, यसले पनि लगानीकर्ता सिफ्ट भएका छन’ 
भट्टराईले शेयर बजार सधै बियरिस अवस्थामा नरहने उल्लेख गर्दै यसको चक्र पूरा हुन ३६ देखि ४२ महिनासम्को समय लाग्नेमा जोड दिदै भन्नुभयो ‘तरपनि यो चक्रले काम गरेन जस्तो लाग्छ मलाई तर बैंकिङ् क्षेत्र ‘बाउन्स ब्याक’ नहुने भन्ने हुदैन, व्यवसायको क्षेत्र फराकिलो भएपछि फर्किन सक्छ ’
बैंकसँग लगानीयोग्य पुँजी भएपनि नीतिगत निर्णयले बाधिएकाले समस्या भएको तर्क गर्दै उहाँले सरकारले लचिलो नीति ल्याउने बित्तीकै फेरी पनि बैंक क्षेत्रप्रतिको आर्कषण बढदै जाने बताउनुभयो । 
शेयर बजारमा ठूलो पुँजी आइपीओले बाहिरिएको जिकिर गर्दै भट्टराईले उक्त पुँजी बजारमा आउन बाँकी रहेको बताउनुभयो । अहिले सबैभन्दा बढी इन्सुरेन्समा र होटेल तथा पर्यटनमा पनि लगानीकर्ता झुम्मिएको बताइएको छ । 
इम्पेरियल सेक्युरिटिज कम्पनी लि. (४५) नं ब्रोकर कार्यालय नेपालगन्जका प्रमुख उदय अधिकारीले बाँकेमा हाइड्रोपावर र इन्सुरेन्स लगायतका कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको जानकारी दिदै बैङ्किङ क्षेत्रको ठूलो हिस्सा बजारमा धेरै भएकाले यसमा चलखेल कम हुने बताउनुभयो । 
‘शेयर बजारको यस क्षेत्रमा कसैले चलखेल गर्छु भनेपनि सक्दैन’उहाँले भन्नुभयो । 
बैंककिङ् क्षेत्रमा ‘पब्लिक अफरिङ’पनि बढी भएको उल्लेख गर्दै अधिकारीले हाइड्रोपावरको शेयर सप्लाई पनि कम भएको र पुँजी समेत कम भएकाले लगानीकर्ता उतातिर सिफ्ट भएको आकंलन गर्नुभयो । 
उहाँले शेयर बजारको हाइड्रोपावर र अन्य ट्रेडिङ बिजनेसमा बढी चलखेल हुने गरेको भन्दै हाइड्रोपावरको लकिङ प्रियडमा शेयरको ठूलो हिस्सा एउटैले उठाउने चलन देखिएको बताउनुभयो । 
अधिकारी भन्नुहुन्छ ‘इन्सुरेन्सले प्रिमियममा आइपीओ इस्यु गरेपछि रिजर्भ बढेकोले पछि लाभांस दिने क्षमता बढी देखियो तर बैंकहरुको त्यस्तो देखिदैन ।’ 
डेढ वर्षदेखि १८ सय नजिक टेवा पाइरहँदा शेयर बजारमा सबैभन्दा शक्तिशाली रहेको बैंकिङ समूह भने ३० असार २०७७ यताको न्यूनतम विन्दुमा झरेको पाइएको छ । डेढ वर्षयता नेप्से परिसूचक १८ सयदेखि २२ सयको बीचमा चलिरहेको छ । अहिले अधिकांस बैंकको शेयर २०० मुनि रहेका छन । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…