Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

अवधी सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा रमेश चन्द्र कुमाल चयन

सम्वाददाता

सम्वाददाता

अवधी सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा रमेश चन्द्र कुमाल चयन
ADVERTISEMENT

नेपालगन्ज, २ मङ्सिर । अवधी सांस्कृतिक प्रतिष्ठान नेपाल नेपालगन्जको तेस्रो अधिबेशनले रमेशचन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । आज सम्पन्न अधिबेशनले कुमालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

प्रतिष्ठानमा मधईसिंह सिख्ख, वीरेन्द्र यादव, कृष्णा पाठक, जहिरुल हक जीनू, चन्दा सिंह, अल्पना बैश्य, नीलम शर्मा, सतीश पाठक, नितेष विश्वकर्मा, सुशीला बैश्य सर्वसम्मत चयन हुनु भएको छ ।

सर्वसम्मत रुपमा चयन भएको समितिको बैठकले विभिन्न पदाधिकारी चयन गर्ने प्रतिष्ठानका सस्थापक विष्णुलाल कुमालले बताउनुभयो । उहाँले अवधी भाषा, साहित्य कला, संस्कृतिको क्षेत्रमा विगत एक दशक भन्दा बढी क्रियाशिल रुपमा काम गर्दै आएको बताउनुभयो । यस क्षेत्रमा संस्थाले अवधीको क्षेत्रमा काम गर्दै आएको छ । 

नवनिर्वाचित अध्यक्ष कुमालले संस्थाको गरिमालाई उच्च स्थानमा पुर्याउने प्रतिबद्धता गर्दै अवधी क्षेत्रको विकासका लागि सक्रिय रुपमा काम गर्ने बताउनुभयो । 

अधिबेशनको उदघाटन समारोहमा वरिष्ठ साहित्यकार पुर्व प्राज्ञ सनत रेग्मीले अवधी भाषा, साहित्य र कला क्षेत्रको विकासमा संस्थाले गरेको कामको चर्चा गर्दै अझै पनि अवधी क्षेत्रका लोकगित, कथा कहानीलाई संकलन गरि अभिलेखीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

सभामा अवधी पत्रकार संघ नेपालका अध्यक्ष राकेशकुमार मिश्रले नेपालमा अवधी भाषा र साहित्यको विकासको उपलब्धी र अवधी क्षेत्रको विकासका लागि गर्नुपर्ने कामका बारेमा आफ्नो विचार व्यक्त गर्नुभयो । 

सभामा वरिष्ठ अवधी साहित्यकार रामगोपाल गुप्ता, महेन्द्र पुस्तकालयका सदस्य कृष्ण मुरारी प्रसाद भट्ट, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, साहित्यकार मधईसिंह सिख्ख, सब्बीर रहीमानी लगायतले बोल्नुभएको थियो । 

त्यस अवसरमा साहित्यकारहरु मधईसिंह सिख्ख, सब्बीर रहीमानी र नितेश विश्वकर्मा विभिन्न रचनाहरु प्रस्तुत गर्नुभएको प्रतिष्ठानका वीरेन्द्र यादवले बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …