Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा २२ क्विन्टल फूल उत्पादन

सम्वाददाता

सम्वाददाता

बाँकेमा २२ क्विन्टल फूल उत्पादन
ADVERTISEMENT

नेपालगन्ज २८ कात्तिक :  तिहारका लागि बाँकेमा व्यवसायिक फूल खेती गरिएको छ । दुई वर्षअघिदेखि व्यवसायिक फूल खेती गर्ने नेपालगन्ज–६ स्थित केयर फार्म नेपालले यस वर्ष १० क्विन्टल सयपत्री फूल उत्पादन गरेको छ । 

लगानी अनुसारको प्रतिफल र उब्जनी अनुसारको बजारले उत्साह सिर्जना गरेको फार्मका सञ्चालक तेज प्रकाश दीक्षितले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उत्पादन र बिक्री वितरणको अवस्था राम्रो छ’, राम्रै मूल्यमा सयपत्री फूल बिक्री भैरहेको छ, यो वर्ष मात्रै १० क्वीन्टल फूल उत्पादन भएको छ ।’

माग अनुसार होम डेलिभरी समेत गरिएकाले पनि स्थानीय फूलको माग उत्साहजनक देखिएको दीक्षितको भनाइ छ । 

यसैगरि बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित साना किसान कृषि सहकारी संस्थाले तिहारका लागि १२ क्विन्टलभन्दा बढी सयपत्री फूल उत्पादन गरेको छ । प्लाष्टिकका कृत्रिम मालालाई विस्थापित गर्दै प्राकृतिक फूलको प्रयोग बढाउने उद्देश्यले रु तीन लाखको लगानीमा तीन कठ्ठा जग्गामा सयपत्री फूलको खेती गरिएको सहकारी संस्थाले जनाएको छ । 

केही वर्षयता चाडपर्व तिहारको बेला फूलको माग अत्यधिक बढ्दै गएकाले पुष्प खेती गरेको साना किसान कृषि सहकारीका प्रबन्धक अमरराज गौतमले बताउनुभयो । उहाँका अनुसार कृषि क्षेत्रमा केही नयाँ काम गरौँ भनेर संस्थाले सयपत्री फूलको खेती गरेको जनाउँदै सहकारीले आठ बिघाह जग्गा ठेक्कामा लिई अन्य खेतीसँगै करिब तीन कठ्ठामा व्यावसायिक रुपमा फूल खेती गरेर बिक्री तथा आम्दानी गर्न थालेको छ ।  

उत्पादन गरिएको फूलको खपत अहिले कोहलपुर र नेपालगन्जमा भइरहेको र माग उच्च रहेको सहकारीले जनाएको छ । सहकारीले हाल प्रतिकिलो रु तीन सयको दरले सयपत्रीको फूल बिक्री गर्दैआएको छ । 

यसवर्ष पहिलो पटक गरिएको सयपत्री फूल खेतीबाट १२ क्विन्टल सयपत्रीको फूल उत्पादन भएको साना किसान कृषि सहकारीका अध्यक्ष दीर्घबहादुर बुढाथोकीले बताउनुभयो । यस पटकको बिक्रीबाट उत्साहित भएर आगामी वर्षदेखि खेती थप विस्तार गर्दै जाने उहाँको भनाइ छ ।  

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकील अहमदले फूल खेतीमा लाग्न चाहने सहकारी र किसान दुबैलाई विभिन्न प्रकारका सहयोग र अनुदान उपलब्ध गराउने बताउनुभयो । बाँकेमा कोहलपुर र खजुराका किसानहरू व्यवसायिक फूल खेतीमा लगानी गरिरहेका छन् । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …