Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन सवस्टेशनको शिलन्यास

डेक्स

डेक्स

कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन सवस्टेशनको शिलन्यास
ADVERTISEMENT

नेपालगञ्ज  । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले बाँकेमा गुणस्तरिय विद्युत प्रशारणका लागि कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२र३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको बुधबार शिलान्यास गरेका छन् ।

बाँकेको जानकी गाउँपालिका वडा नं। ५, बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२र३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको हो ।

मन्त्री बस्नेतले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य अनुरुप नै कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२÷३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको बताए ।

मन्त्री बस्नेतले समयमै काम सम्पन्न गर्नका लागि सरोकारवाला निकायले खबरदारी गर्नुपर्ने बताउदै यो निर्माणले बाँके लगायत नेपालगञ्जसमेतको महत्व बढाउने आफुले विश्वास लिएको कुरामा जोड दिए । उनले सिचाईको क्षेत्रमा पनि विद्युत सव स्टेशन निर्माणले ठूलो टेवा पुग्ने कुरामा जोड दिए ।

कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइनका आयोजना प्रमुख रञ्जनराज गुरुङले पावर चाइना सेप्को–१ इलेक्ट्रिक पावर कन्ट्रक्सन कम्पनी लिमिटेडलाई ठेक्का दिइएको आयोजना सम्पन्न हुँदा नेपालगञ्ज र आसपासको विद्युतको समस्या समाधान हुने जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु रत्न खत्री र बादशाह कुर्मी, जानकी गाउँपालिका वडा नं। ५ का वडाध्यक्ष टीकाराम यादवलगायतले समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।

प्रशारण लाइन तथा सबस्टेशनका लागि चार विगाह ७ कठ्ठा ८ धुर जग्गा लिइएको छ । दुई वर्षमा सम्पन्न गरेर दुई सय मेघावाट क्षमताको प्रशारण लाइन, सबस्टेशन १३२र३३ केभी १२६ एमभीएका लागि दुई अर्ब लागत निकालिएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…