Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेको नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

डेक्स

डेक्स

बाँकेको नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग
ADVERTISEMENT

नेपालगञ्ज  । बाँकेको बैजानाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन गर्न यहाँका उद्योगी तथा व्यवसायीले सरकारसँग माग गरेका छन । 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग उद्योग बाणिज्य संघ, नेपालगञ्जले आज आयोजना गरेको अन्तरक्रियामा उनीहरुले यसको व्यवस्थापनबाट उद्योगीका केही समस्या समाधान हुने बताए । 
उद्योगी तथा व्यवसायीहरुले वि.स २०७२ सालमा स्थापना भएको सो औद्योगिक क्षेत्र वि.स २०७७ मा शिलान्यास भएपनि अहिलेसम्म कुनै प्रगति नभएको भन्दै नेपालगन्जमा रहेको एकिकृत भन्सार जाँच चौकी (आइसीपी) उदघाटन भएको लामो समयसम्म पनि सञ्चालन नभएकाले अविलम्व सञ्चालन गर्न आग्रह गरेका छन । 
बाँकेमा जडीबुटीमा आधारित औषधी उद्योग स्थापना गर्ने वातावरण बनाउन माग गर्दै उनीहरुले नेपालबाट नियमित रुपमा निर्यात भइरहेका १२ प्रकारका जडीबुटीलाई भारतको प्लान्ट क्वारेन्टाइनले सूचिकृत नगरेकाले व्यवासीयले तराई, पहाड र हिमालबाट संकलन भएर प्रशोधन समेत भएको जडीबुटी नेपालगञ्ज लगायतका क्षेत्रमा थन्कीएकाले समस्या समाधान गर्न माग गरेका छन । 
सो अवससरमा उद्योग वाणिजय तथा आपूर्ति मन्त्री रमेश रिजालले मुलुकमा देखिएको अर्थतन्त्रको संकटको समस्या लामोसमयसम्म नजाने उल्लेख गर्दै उद्योगी तथा व्यवसयीलाई निराश नहुन आग्रह गर्नुभयो । 
‘यो मुलुक सबैको साझा हो, निराश हुनपर्ने आवश्यकता छैन’ उहाँले भन्नुभयो । 
मन्त्री रिजालले नौबस्ता क्षेत्रको समस्या समाधान गर्न सरकार गम्भिर भएको उल्लेख गर्दै छलफल गरेर टुंगोमा पुग्ने बताउनुभयो । 
उहाँले भन्नुभयो‘ सरकार उद्योगी तथा व्यवसायीलाई सबै प्रकारको सुविधा उपलब्ध गराउछ’
मन्त्री रिजालले नौबास्ता क्षेत्रमा न्यूनतम शुल्कमा उद्योगी तथा व्यवसायीलाई जग्गा उपलब्ध गराउनेमा जोड दिदै सुन, चाँदी र जडीबुटीमा देखिएका समस्यालाई पनि सम्वोधन गरिने बताउनुभयो । 
उद्योग बाणिज्य, महासंघका केन्द्रीय सदस्य अबदुल वाहिद मनसुरीले उद्योगी तथा व्यवसायी पीडामा हुँदा सरकारले प्रभावकारी कदम चाल्न नसकेको गुनासो गर्नुभयो । 
उद्योग बाणिज्य संघ, नेपालगञ्जका अध्यक्ष टेक बहादुर धामीले भन्सार नीति सच्चाउन र जमुनाह नाकालाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 
संघका उपाध्यक्ष चिरञ्जिवी ओलीले सरकारको नीतिका कारण उद्योगी तथा व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउनुभयो । 
उक्त अवसरमा मन्त्री रिजाललाई उद्योगीका विभिन्न समस्यासँग सम्वन्धित रहेर उद्योग बाणिज्य संघ, नेपालगञ्जले ज्ञापनपत्र बुझाएको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…