Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पचास बिगहामा ग्रिन सिटी निर्माण सुरु

डेक्स

डेक्स

पचास बिगहामा ग्रिन सिटी निर्माण सुरु
ADVERTISEMENT

स्वच्छ वातावरणसँगै चारैतिर हरियाली देखिनेगरी नेपालगन्जमा एक हजार घरधुरीको ‘नेपालगन्ज ग्रिन सिटी’ को निर्माण सुरु गरिएको छ । कालिका हाउजिङ प्रालिले नेपालगन्ज–६ स्थित हडियाबाबारोडमा ५० बिघाह जग्गामा सो ग्रिन सिटी निर्माण सुरु गरेको हो ।

कालिका हाउजिङ प्रालिद्वारा निर्माणाधीन सो ग्रिन सिटीका प्रमुख रासिद कुरैसीले नेपालगन्ज १३ र १४ मा ५० बिघा क्षेत्रफलमा निर्माण गर्नेगरी हाल २५ बिघामा निर्माण सुरु गरिएको बताउनुभयो । बढ्दो शहरीकरणलाई मध्यनजर गर्दै सहरभन्दा अलग एकान्त तथा मनोरम वातावरणसहितको ग्रिन सिटी निर्माण हुन थालेको जनाउँदै कुल पाँच अर्ब लगानीमा सो सिटी निर्माण भइरहेको उहाँले बताउनुभयो । 

प्रमुख कुरैसीका अनुसार एक हजार घरधुरी रहेको सो हरियो सहरमा बैङ्क र ठुला अस्पतालसँगै वातावरणमैत्री उद्योग र कलकारखाना पनि सञ्चालन गरिनेछन् । त्यसका लागि काठमाडौं र भारतीय अस्पताललाई लगानी गर्न अनुरोध गरिएको छ । उक्त ग्रिन सिटीभित्र व्यावसायिक मार्केट पनि हुनेछ ।

कालीका हाउजिङ प्रालिले सो सिटी पश्चिमनेपाल कै आधुनिक र व्यवस्थित तथा उत्कृष्ट सुविधा सम्पन्न सिटी हुने दाबी गरेको छ । प्रालिका अनुसार प्रत्येक घरधुरीलाई घरआङ्गनका बिरुवा रोप्न प्रोत्साहन गरिनेछ । स्वच्छ हरियालीसहित परिदृश्यको लागि ३५ प्रतिशतभन्दा बढी भूमि छुट्याई हरियाली सहरलाई प्रोत्साहन गरिएको छ । मौसम अनुकूल हावापानीलाई सामना गर्न साइड प्लानिङ पनि गरिएको छ ।’

कम्पनीले कुशल योजनासहित पूर्वाधार लागतलाई न्यूनतम बनाइ साइड प्लानिङ गरिएको जनाएको छ । शान्त, स्वच्छ तथा हरियाली वातावरणमा अवस्थित रहेको सो सिटीमा घडेरी र घर किनमेल समेत भईरहेको छ । 

ग्रिन सिटी परियोजनाका निर्देशक इरसाद राईले नेपालकै नमुना बस्ती बनाइने सो सिटीमा आफ्नै कम्पाउण्डभित्र स्कुल, कलेज, हस्पिटल, व्यावसायिक योजना हुनेछन् । उहाँले ग्रिन सिटीभित्रै बसोबास गर्ने जनशक्तिलाई लक्षित गरी रोजगार दिने उद्देश्यले विभिन्न वातावरणमैत्री उद्योग तथा कलकारखाना खोलिने योजना रहेको बताउनुभयो । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…