Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मतगणना विवादः साझा प्रजातान्त्रिक समूह आन्दोलनमा

डेक्स

डेक्स

मतगणना विवादः साझा प्रजातान्त्रिक समूह आन्दोलनमा
ADVERTISEMENT

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह बाँकेले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलन गरेर साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले भदौ २ गते सम्पन्न निर्वाचनमा महासचिव पदको पुनः मतगणना गर्न दबाब दिने उद्देश्यले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । 

साझा प्रजातान्त्रिक उद्योगी व्यवसाय समूहका संयोजक संजयकुमार थापाले निर्वाचन आयुक्त टिकाजंग सिंहले एकपक्षीय ढंगले महासचिव पदको नतिजा सार्वजनिक गर्नु खेदजनक र आपत्तिजनक रहेको बताउनुभयो । 

थापाले पुनस्गणना गर्ने आफ्नै सार्वजनिक प्रतिबद्धताबाट पछि हटेर आयुक्त सिंहले विधि(विधान र निर्वाचन प्रक्रियाको हुर्मत लिन खोजेको भन्दै रोष प्रकट गर्नुभयो । उहाँले पुनः मतगणना नहुँदासम्म सशक्त ढंगले अघि बढाइने बताउनुभयो। साझा प्रजातान्त्रिक समूहबाट महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले मतगणनामा चित्त नबुझेको भन्दै मतगणना नसकिँदै निर्वाचन कार्यालयमा पुनः मतगणनाको माग गर्दै निवेदन दिएका थिए । 

निवेदनलाई वेवास्ता गर्दै सम्पूर्ण मतपत्र गणना नगरी समावेशी समूहबाट महासचिव पदका उम्मेदवार भिम रानाभाटलाई ६ मतको विजयी भएको घोषणा गरिएको थियो । त्यस पश्चात साझा प्रजातान्त्रिक समूहले दबाब बढाउँदै निर्वाचन कार्यलयमा तालबन्दी गरेपछि शर्माको निवेदनलाई आधार बनाउँदै निर्वाचन आयुक्त सिंहले पुनस् मतगणना हुने सार्वजनिक बक्तब्य निकाल्नुभयो तर फेरि भोलिपल्ट उहाँले आफू अस्पताल भर्ना भएको ब्यहोरासहितको बक्तब्य निकाल्दै तीन दिन मतगणना स्थगित गरेको जानकारी गराउनुभयो । 

संयोजक थापाले तीन दिन पश्चात फेरि आफ्नै प्रतिबद्धताबाट पछि हट्दै आयुक्त सिंहले पुनस् मतगणना नगर्ने निर्णय गर्नु खेदजनक रहेको बताउनुभयो। थापाले अधिकतम लचकता देखाउँदा देखाउँदै निरंकुशरुपमा गरिएको निर्णय आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताउनुभयो । 

पुनः मतगणनाले कसैको अहित नगर्ने भन्दै उनले पुनः मतगणनाले मतदाताको सम्मान नै हुने बताउनुभयो । माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उद्घोष गरेको साझा प्रजातान्त्रिक समूहले नेपालगन्ज उद्योग बाणिज्य संघमा समेत तालाबन्दी गरेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…