Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवाद्वारा धानको मूल बीउ उत्पादन शुरु

डेक्स

डेक्स

डुडुवाद्वारा धानको मूल बीउ उत्पादन शुरु
ADVERTISEMENT

किसानलाई बीउ वितरण गर्न बाँकेको डुडुवा गाउँपालिकाले यस वर्षदेखि बीउ उत्पादनको काम सुरु गरेको छ । यस वर्ष धान रोपाइँ हुनुअगावै धानको मुल बीउ उत्पादन गर्न पालिकाअन्तर्गत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ ।

किसानको जमिनमा लगाइएको मूल बीउपछि उन्नत बीउ तयार गरी आगामी वर्ष किसानलाई वितरण गरिने कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार ३० हेक्टर जमिनमा लगाइएको बीउबाट ९० टन उन्नत जातको बीउ तयार गरी सहकारीमार्फत किसानलाई वितरण गरिनेछ ।

नब्बे टन बीउले एक हजार पाँच सय हेक्टर जमिनमा धान लगाउन पुग्ने हिसाबले यो वर्ष राधा–४ र रामधानको मूल बीउ उत्पादन गरिने कृषि शाखाले जनाएको छ । मूल बीउ उत्पादनपछि बीउबिजन प्रयोगशालाले प्रमाणीकरण गरेपछि मात्र पालिकाले कृषि प्रशोधन केन्द्रमा भण्डारण गर्ने शाखा प्रमुख शर्माले बताउनुभयो ।

बीउ लगाएदेखि उत्पादनसम्म कृषि प्राविधिकको टोलीले चार पटकसम्म प्रमाणीकरण गर्न अनुगमन गरिने छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र ९नार्क० खजुराबाट रु ८५ प्रतिकिलो दरमा बीउ खरिद गरी ल्याइएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र सामग्री र सिँचाइ सेवा उपलब्ध गराइएको शाखा प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार डुडुवा गाउँपालिकाले यस वर्ष धान बीउ उत्पादनका लागि रु २० लाखको लगानी गरेको छ । यो वर्ष उत्पादित बीउलाई आगामी वर्ष किसानलाई सहकारीमार्फत सहुलियत दरमा किसानलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

पालिकाले उन्नत जातको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । धानको उन्नत बीउ तयार भएपछि यस वर्षदेखि पालिकाले निर्माण गरेको अत्याधुनिक बीउ प्रशोधन केन्द्रमा बीउ भण्डारणको काम सुरु गर्ने जनाएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले गहुँ, मकै र मसुरोको बीउ उत्पादन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार बीउ उत्पादन तथा भण्डारणपछि पालिकाका कुनै पनि किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था आउँदैन, पालिकाले नै सहुलियत दरमा बीउ र मलखाद वितरण गरी कृषि उत्पादनमा वृद्धि गर्ने छ ।

अध्यक्ष चौधरीले किसानलाई बीउमा आत्मनिर्भर गराउने पालिकाको रणनीतिअनुसार बीउ भण्डार सुरु गरेको र बीउ प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित छ सय मेट्रिक टन क्षमताको बीउ भण्डारण घर स्थापना गरिएको छ । 

डुडुवाको कुल क्षेत्रफल नौ हजार एक सय २८ हेक्टर रहेको छ । त्यसमा खेतीयोग्य जमिन चार हजार दुई सय १८ दशमलव ०९ हेक्टर रहेको छ । वडाअनुसार हेर्दा सबैमा आधा क्षेत्रफलमात्रै खेतीयोग्य जमिन छन् । पालिकामा धानबालीको औसत उत्पादन प्रतिहेक्टरमा चार दशमलव तीन मेट्रिक टन रहेको छ । मकैबाली प्रतिहेक्टरमा ८० मेट्रिक टन, आलु प्रतिहेक्टरमा २८ मेट्रिक टन र तरकारी बाली प्रतिहेक्टरमा १० मेट्रिक टन उत्पादन हुने गर्दछ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …