Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

निगमद्वारा दोस्रोचरणको ‘टैंक ट्रक लकिङ’  शुभारम्भ

डेक्स

डेक्स

निगमद्वारा दोस्रोचरणको ‘टैंक ट्रक लकिङ’  शुभारम्भ
ADVERTISEMENT

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले दोस्रो चरणको ‘टैंक ट्रक लकिङ’ सुरुआत गरेको छ । 

निगमको प्रादेशिक कार्यालयमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिङ्गल लोड गरिएको तीन  ट्याङ्करमा टैंक ट्रक लकिङ लगाएर सो कार्यको शुभारम्भ गर्नुभयो । 

डिपोदेखि पेट्रोल पम्पसम्म लिड सिल मात्र लगाएर पठाउँदै आएको निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले आजदेखि ट्याङ्करमा टैंक ट्रक लकिङ लगाएर पठाउन थालेको हो । ढुवानीका क्रममा हुने पेट्रोलियम पदार्थको चोरी नियन्त्रण गर्न र सुरक्षित ढुवानीका लागि ट्याङ्करमा टैंक ट्रक लकिङ सुरु गरिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो । 

यसैबीच मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोसो चरणको करिब ४० प्रतिशतभन्दा बढी काम सकिएको छ । परियोजनाअन्तर्गत दोस्रो चरणको काम हालसम्म करिब ४० प्रतिशतभन्दा बढी सकिएको र बाँकी काम तीव्ररुपमा अघि बढेको प्रमुख उपाध्यायले जानकारी दिनुभयो । 

परियोजनाको दोस्रो चरण न्तर्गत भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार १०० किलो लिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५ं० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पुर्ण स्वचालित लोडिङ्ग वे–रिफिलर०, पम्प हाउस र प्रयोगशाला निर्माणका भइरहेको प्रमुख उपाध्यायले बताउनुभयो ।

सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्टयाउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माणको काम अघि बढेको उहाँको भनाइ छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ । यसै परियोजनाअन्तर्गत निर्माण हुन लागेको दुई पेट्रोल ट्याङ्कमध्ये एउटा नेपाल आयत निगमले र अर्को ट्याङ्क भारतीय आयल निगमको लागतमा निर्माण भइरहेको छ । 

यस्तै पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिने सम्झौता भएको प्रमुख उपाध्यायको भनाइ छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…