Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

वर्षाले राहत, किसान खुशी

डेक्स

डेक्स

वर्षाले राहत, किसान खुशी
ADVERTISEMENT

लामो समयसम्म वर्षा नभएर पानीका मुहान सुक्दै गएपछि चिन्तित बनेका यहाँका स्थानीयलाई आइतबार रातीको लगातारको वर्षाले राहत मिलेको छ । 

वर्षा नहुँदा खानेपानीका मुहान सुक्नुका साथै खेतीपातीका लागि सिँचाइको अभाव व्यहोर्दै आएका स्थानीयलाई वर्षाले मिलेको स्थानीय बताउँछन् । वर्षाले पानी नभएर पहेंँलिँदै गएका धानको रोपो, फलपूmलका बोटबिरुवा, तरकारी, मकै, तिल, अरहर लगायत अन्नबालीलाई राहत मिलेको किसान बताउँछन् ।

सोमबार विहानैदेखि लगातारको पानीले माटोको भित्री सतहसम्म चिस्यान पुगेको बाँके डुडुवा गाउँपालिका–२ का किसान रामावती यादवले बताउनुभयो । वर्षाले राप्ती नदी र डुडुवा नालामा पानीको सतह समेत बढेको छ । 

धानको ब्याड राख्ने समयदेखि नै यहाँका किसानले पानीको अभाव झेल्दै आएका छन् । जिल्लामा करिब ८० प्रतिशत खेतीयोग्य जग्गामा आकासे पानीको भरमा खेती गर्नुपर्ने भन्दै हालसम्म ८० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शाकिल अहमदले बताउनुभयो । उहाँका अनुसार जेनतेन रोपाई भएपनि पानी नपर्दा रोपिएको धान सुक्न थालेको थियो भने यो वर्षाले धानखेतीलाई ठुलो राहत दिएको छ । 

जिल्लामा किसानहरुले लगाएको तरकारी बालीलाई समेत पानीले राहत दिएको छ । तरकारीको पकेट क्षेत्रको रुपमा परिचित बाँके हिरिमिनियाका किसानले लगाएको तरकारी बाली फास्टाउने अपेक्षा लिएको किसान गुरुदिन यादव बताउनुहुन्छ । उहाँका अनुसार मकै, भिन्डी, करेला, काक्रा, तेराई, लौकालगायत तरकारीलाई पानीले उत्पादन बृद्धि गर्नेछ । 

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा भएको जिल्ला विपत व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार यहाँ सबै भन्दा बढी २०६ मिलिमिटर वर्षा भएको भएको छ । यो अति भारी वर्षा हो । उहाँले भन्नुभयो, “भारी वर्षाका कारण तटिय क्षेत्रका नागरिकलाई उच्च सर्तकर्ता अपनाउनु आग्रह गरिएको छ ।” 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …