Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

निडर व्यक्ती ललित रौनियार

डेक्स

डेक्स

निडर व्यक्ती ललित रौनियार
ADVERTISEMENT

नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट अध्यक्ष पदका उम्मेद्वार हुन ललित कुमार रौनियार ।  निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता हुनुहुन्छ रौनियार ।

पिता जदुनाथ प्रसाद रौनियार (मुनिम जी) र आमा द्रोपदी देवी रौनियारको कोखबाट चौथो सन्तानका रुपमा २०२७ साल पुष १४ गते, त्रिवेणी मोड–बागेश्वरी मन्दिर टोल तत्कालिन वडा नं. ३ मा जन्मिनुभएका रौनियार उद्योग व्यवसायीको हकहित र परिवर्तनका लागि आवाज बुलन्द गर्दै आउनुभएको छ ।  

साहसी क्षमता भएका व्यवसायिक नेता हुन ललित कुमार रौनियार । राजनिति, समाजसेवा सँगै व्यवसायिक क्षेत्रमा सक्रिय छन रौनियार । अध्ययनशिल, उर्जावान, नविनतम सोच भएका रौनियारलाई उद्योगी व्यवसायीहरुले समर्थन गर्दै अध्यक्ष पदको उम्मेदवार बनाएका छन । 

उहाँ साल २०४७ साल देखि व्यवसायमा आवद्ध हुँदै हाल ललिता इजि मार्टस् सप्लायर्स नेपाल संचालक रहनुभएको छ । नेपालगञ्ज स्थित ललिता इजि मार्टस् सप्लायर्सले विद्युतीय स्कुटरको कन्ट्री डिस्टिब्युटर्स सम्बन्धि काम गर्दै आईरहेको छ ।

ललित कुमार रौनियार र श्रीमती ललिता शाह रौनियारको दुई छोरा, एक छोरी रहेका छन । उहाँको दुवै छोरा इन्जिनियर छन भने छोरीले नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिपिए अध्ययन गरीरहनुभएको छ । 

२०४३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तिणर गर्नुभएको थियो। विद्यार्थी जिवनमा बिभिन्न खुट्किला पार गर्दै उहाँ उच्च शिक्षा काठमाडौँ स्थित पाटन ललितपुर क्याम्पसवाट उत्तिर्ण गर्नुभयो । 

उहाँ नेपालगञ्ज उद्योग वाणिज्य संघमा दुई पटक निर्वाचित सदस्य भईसक्नुभएको छ। भने एक कार्यकाल वरिष्ठ सदस्य समेत भईसकेका छन । उनी अन्य सामाजिक संस्थामा समेत आवद्ध छन । नेपाल चीन शैक्षिक तथा सांस्कृति परिषद केन्द्रिय सदस्य समेत हुन रौनियार केन्द्रिय तथा प्रदेशका सम्बद्ध नेता संग समेत मज्बुत पकड रहेको छ ।

उहाँ नेपाल वितरक संघ बाँकेका संस्थापक अध्यक्ष समेत हुन । नेपाल वितरक महासंघका पुर्व वरिष्ठ उपाध्यक्ष र नेपालगञ्ज नगर विकास समितिका पुर्व अध्यक्ष लगायत विभिन्न सामाजिक संघ, संस्थामा आवद्ध रहेनुभएको छ । उहाँ चिनिया रेडक्रस सोसाईटीको निमन्त्रणामा चीन भ्रमण तथा व्यवसायिक रूपमा सिगापुर र थाईल्यान्डको भ्रमण समेत गरी सक्नुभएको छ । 

सामाजिक विकासका लागि उहाँ संधै खटिने र सार्वजनिक सरोकारका सवालमा खरो आवाज उठाउने व्यक्तीका रुपमा पनि चिनिनुहुन्छ । व्यवसायीका समस्या तथा सवाललाई उठान गर्न उहाँ पदमा  भए पनि नभएपनि त्यत्तिकै जोडतोडका साथ उठाउने गर्नुहुन्छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…