Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

क्षेत्रीय कारागार सञ्चालन गर्न माग

डेक्स

डेक्स

क्षेत्रीय कारागार सञ्चालन गर्न माग
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका –३ नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार सञ्चालन र कैदीबन्दीको आधारभूत मानव अधिकार संरक्षणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।

नेपालगञ्जस्थित विभिन्न मानव अधिकारकर्मीद्वारा संयुक्तरुपमा तयार पारिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो । कारागार निर्माण भएको एक वर्ष पुगिसक्दासम्म पनि क्षेत्रीय कारगागार सञ्चालनमा नआएकाले बाँके कारागारमा कैदीबन्दीलाई कोचाकोच राख्दा उनीहरुको मानवअधिकार उल्लङ्घन भएपछि दबाब दिइएको हो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई शुक्रवार बुझाइएको ज्ञापनपत्रमा ३५० जना कैदी बन्दीको क्षमता भएको बाँके कारगारमा हाल ९९२ जना कैदीबन्दीलाई राखिएकाले उनीहरुको मानव अधिकार उल्लङ्घन भएको उल्लेख गरिएको छ ।

सो ज्ञापनपत्रमा इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महत, एडभोकेसी फोरमका केन्द्रीय सदस्य बसन्त गौतम, नेपालगञ्ज उच्च बारका अध्यक्ष चित्रबहादुर शाही, वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभातकुमार ठकुरी, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी र फातिमा फाउण्डेशनकी अध्यक्ष मैमुना सिद्दिकीले हस्ताक्षर गर्नुभएको थियो । 

इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महतले क्षेत्रीय कारागार निर्माण भएको एक वर्ष बिते पनि कर्मचारी र बजेटको व्यवस्थापन नगरिञ्दा अझै सञ्चालनमा नआएकाले बाँके कारागारका कैदीबन्दीलाई सास्ती भोग्नुपरेको बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …