Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेका विभिन्न स्थानमा धान दिवस

डेक्स

डेक्स

बाँकेका विभिन्न स्थानमा धान दिवस
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइएको छ । जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ स्थित डिगीयामा आज मेशिन मार्फत धान रोपेर विश्व धान दिवस मनाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ‘राइस ट्रान्सप्लान्ट’ नामक मेशिनको प्रयोगबाट करिव तीन कठ्ठा जग्गामा धान रोपाई गरिएको छ ।

सो मेशिनबाट एकदिनमा करिव तीन विगाहा खेत रोप्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपालगञ्जका प्रमुख राकेश ओझाले जानकारी दिनुभयो । ‘धान खेतीमा आधुनिक कृषि उपकरणको प्रर्दशन गरेर किसनालाई देखाउन खोजेको हो ।’ उहाँले भन्नुभयो । जिल्लाको डुडुवा गाउपालिका वडा नं कोलहीमा पनि कृषि ज्ञान केन्द्र, बाँकेले विश्व धान दिवस तथा रोपाई महोत्सव मनाएको छ । 
लुम्विनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले रोपाईको शुभारम्भ गर्नुभएको थियो । बोरिङबाट आएको पानीले खेत सिंचाई गरेर धान रोपाई गरिएको कृषि ज्ञान केन्द्र, नेपालगञ्जका बागवानी अधिकृत रामप्रकाश  यादवले जानकारी दिनुभयो । उहाँले केही जग्गामा हातले नै धान रोपेर रोपाई महोत्सव मनाएको उल्लेख गर्नुभयो । 

कृषि ज्ञान केन्द्र बाँकेले असार १५ सम्म जिल्लाका आठ स्थानीय तहमा करिब १५ प्रतिशत धान रोपाईं भएको जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खाँनले अझ पनि केही किसानले धानको बिउँ राख्न बाँकी रहेको बताउनुभयो । 

कृषि ज्ञान केन्द्रका प्रमुख खानले भन्नुभयो ‘सिँचाइको सुविधा भएका स्थानमा बढी धान रोपाईं भएको छ, अन्य स्थानमा बर्षाको अभावमा धान रोपाइँ हुन सकेको छैन ।’ सिँचाइको सुविधा भएका डुडुवा, बैजनाथ र राप्ती–सोनारी गाउँपालिकामा बढी धान रोपाई भएको छ ।
बर्षाको अभावका कारण घरमा खानेपानीको धारा, मोटर तथा पम्पसेटको प्रयोग गरी जेठमा बीउ राखेका किसान वर्षा नभएपछि बीउ ठूलो भएकाले चिन्तामा छन ।  समयमा बर्षा नहुँदा बाँकेको नरैनापुरमा गत वर्ष सुख्खा परेकोे थियो । बाँकेमा जिल्लाभरि ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । यस बर्ष विश्व धान दिवसको नारा ‘जलवायु अनुकुलन कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …