Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सरकारको बजेट पास गर्ने तयारी

डेक्स

डेक्स

सरकारको बजेट पास गर्ने तयारी
ADVERTISEMENT

नेपालगन्ज । सरकारले आज बजेट पास गर्ने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा त्यसको प्रक्रिया अघि बढ्नेछ। मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन्। गठबन्धनका केही दलले भने अझै निर्णय गरिसकेका छैनन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ। यथास्थितिमा बजेट पास नगर्ने अडान लिएका एकीकृत समाजवादी, जसपालगायत दलले उठाएका केही विषय सम्बोधन गर्न तयार भएपछि बजेट पास गरेर जाने निर्णय भएको स्रोतले जानकारी दियो।

‘सत्ता गठबन्धन दलबीच बजेट पासको पक्षमा उभिने र पारित गरेर जाने सहमति बनेको छ,’ स्रोतले भनेको छ  ‘दलहरूले ह्विप नै जारी गर्नुभएको छ।’कांग्रेस र माओवादीले मंगलबार नै सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्।

जसपाले पनि बजेटका पक्षमा मतदान गर्ने भएको छ, बुधबार बिहान संसदीय दलको बैठकबाट औपचारिक निर्णय गरिने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।  

‘हाम्रो पार्टीले बजेट पासका पक्षमा मतदान गर्छ,’ उहाँले भन्नुभयो  ‘बुधबार बिहान १० बजे दलको बैठक बसेर यसबारे औपचारिक निर्णय गर्छौं।’आफूहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता पाएको एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बताउनुभयो । 

‘बालुवाटारमा प्रधानमन्त्रीसहित नेताहरूको बैठकले निर्णय गरेको सुनेँ,’ सांसद थापाले भने, ‘छलफल सकारात्मक भएपछि बजेट पासकै पक्षमा मतदान हुन्छ।’यस्तै, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले पनि बजेट पासकै पक्षमा मत दिनेछन्।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बजेट पास गर्ने पार्टीको नीति रहेको बताउनुभयो। ‘फुलफ्रेजमा बजेट पास गर्न हाम्रा सांसदलाई ह्विप नै लगाएका छौँ,’ भण्डारीले भन्नुभयो । 

तर, सरकारलाई समर्थन दिएको जनमत पार्टीले मंगलबार बेलुकासम्म यस विषयमा कुनै निर्णय गरेको छैन।
अर्थमन्त्रीले बजेट संशोधन नगरी पास हुन्छ भनेर बोलेपछि सत्तारुढ दलहरु नै बिच्किएका थिए। त्यसपछि बिग्रिएको माहोललाई प्रधानमन्त्री प्रचण्ड आफैँ सक्रिय भएर सहज बनाएका हुन्। 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…